कर्णाली नदीमा डुंगा दुर्घटना

युग संवाददाता     514 पटक पढिएको    

कर्णाली नदीमा डुंगा दुर्घटना

 

धनगढी साउन १७  । कर्णाली नदीमा डुंगा दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

कैलालीको मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

डुंगा दुर्घटनामा परी बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

आइतबार बिहान मोहन्याल गाउँपालिका–३ मलेखाबाट कर्णाली नदीमा काठको डुंगामा सवार १० जना सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन जाने क्रममा डुंगा पल्टिएको हो । डुंगामा सवारमध्ये पाँच जनाको सकुशल उद्धार गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी माधव श्रेष्ठले जानकारी दिए ।



आइतबार १७, साउन २०७८ ०५:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal