अवैध ओसारपसार गर्ने ११ ट्याक्टर  प्रहरीको नियन्त्रणमा

युग संवाददाता     847 पटक पढिएको    

अवैध ओसारपसार गर्ने ११ ट्याक्टर  प्रहरीको नियन्त्रणमा

 


धनगढी साउन १६ जिल्ला  प्रहरीकार्यालय कैलालीले अवैध रुपमा नदीबाट बालुवा ओसारपसार गर्ने ११ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ। शनिबार बिहान गोदावरी नगरपालिका–९ स्थित खुटीया खोलाबाट ती सबै ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार से २ त २८३५, से २ त ३६५५, से १ त ५३९७, से १ त २३६८, से १ त ९६१३ से १ त ८४४९, से १ त ८७५९, से १ त ५४४९, सु।प।प्र।०१००२ त ५८०७, सु।प।प्र।०१००२ त ५५४१ र सु।प।प्र।०१००२ त ४७२१ नम्बरका ट्याक्टर नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका ट्याक्टलाई जनही ६ हजारका दरले कूल ६६ हजार जरिवाना गरी सम्झाइ बुझाइ छोडिएको प्रहरीले जनाएको छ



शनिबार १६, साउन २०७८ ०६:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal