,
काठमाण्डौ फाल्गुन १२ सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएसँगै नेकपा प्रचण्ड–माधव समूहले खुसीयाली मनाउने भएको छ । यसअघि संसद बिघटनाको बिरोधमा ठाउँ ठाउँमा गर्दै आएको प्रचण्ड–माधव समूहले आफ्ना विरोध कार्यक्रमलाई खुसियाली सभामा परिणत गरेको हो ।
संसद विघटनको विरोधमा चौथो चरणमा आन्दोलनरत प्रचण्ड–माधव समूहले आज जिल्ला सदरमुकाम वा उपयुक्त ठाउँमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।
त्यो प्रदर्शनको स्वरुप परिवर्तन गरी आज देशैभर खुसियाली मनाउन लागेको हो ।
संसद पुनर्स्थापनाको खुसियाली मनाउन नेकपाले काठमाडौं उपत्यकाको शान्तिवाटीकामा मध्याह्न १२ बजे भेला हुन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ
प्रतिकृया दिनुहोस