वेस्टब्रुमसँगको बराबरी हार जस्तै स् लिभरपुल प्रशिक्षक क्लप

Yugnepal     1093 पटक पढिएको    

वेस्टब्रुमसँगको बराबरी हार जस्तै स् लिभरपुल प्रशिक्षक क्लप

 

काठमाडौं पुस १३ लिभरपुल प्रशिक्षक योर्गेन क्लपले प्रिमियर लिगमा वेस्टब्रुमसँगको बराबरीलाई हारसँग तुलना गरेका छन् । प्रिमियर लिगको शिर्षस्थानमा रहेको लिभरपुलले रेलिगेसन क्षेत्रमा रहेको वेस्टब्रुमसँग आइतबार १(१ को बराबरी खेलेको थियो । 

‘यो बराबारी हार सरह छ । तर पहिलेको भन्दा एक अंक मात्रै भएपनि बढेकाले चित्त बुझाउन आवश्यक छ । हामीले सोचे अनुसारको खेल्न सकेनौ । यो कुरा खेलाडीहरुलाई पनि थाहा छ,’ खेलपछि पत्रकारहरूसँग कुरा गर्दै क्लपले भने ।  वेस्टब्रुमले बराबरीमा रोकेपछि लिभरपुलले अंक तालिकामा पाँच अंकको अग्रता बनाउने मौका गुमायो । जारी सिजनमा एक खेलमा मात्र हार ब्यहोरेको लिभरपुलले ३२ अंक बनाएको छ भने दोस्रो स्थानमा रहेको एभरटनको २९ अंक छ ।   

लिभरपुलले अब बिहीबार न्यूकासल युनाइटेडको सामना गर्दैछ । क्लपले त्यस खेलका लागि भिन्नै तरिकाले तयारी गर्नुपर्ने बताएका छन् । ‘हामीले न्यूकासलको खेललाई फरक तरिकाले सम्बोधन गर्नुपर्ने आवश्यकता छ । हामी त्यस खेलमा आक्रमण देखि रक्षात्मक सबै योजनामा सशक्त हुनुपर्छ । नत्र त्यस खेलमा पनि हामी बराबरीमा रोकिन सक्छौ,’ क्लपले थपे । 

खेलमा साडियो मानेले लिभरपुललाई सुरुवाती अग्रता दिलाए पनि ८२ औ मिनेटमा वेस्टब्रुमका सेमी अजायीलाई गोल गर्नबाट रोक्न नसक्दा एनफिल्डमा भएको खेल बराबारीमा टुङ्गियो । दुई अंक गुमाएको खेलमा लिभरपुलले रक्षक जोएल माटिपलाई पनि गुमायो । लिभरपुलका पहिलो रोजाइका दुई रक्षक पहिला बाटै लामो समयका लागि मैदान बाहिर रहेको अवस्थामा माटिपको चोटले लिभरपुल थप पिरोलिने देखिएको छ । क्यामरुनका माटिपले कमसेकम न्यूकासलको खेल गुमाउने छन् । 



मङ्गलबार १४, पुष २०७७ ०६:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.