प्रीमियर लिग ५को हस्पिटालिटी पार्टनर ईमेज होटल प्राली

युग संवाददाता     1242 पटक पढिएको    

प्रीमियर लिग ५को हस्पिटालिटी पार्टनर ईमेज होटल प्राली

 धनगढी मंसिर ३० - लिटल फ्लावर प्रीमियर लिग ५को हस्पिटालिटी पार्टनर ईमेज होटल प्राली बनेको छ । 

 पाँचौ संस्करणको  लिटल फ्लावर प्रीमियर लिग ५ फागुनमा हुने आयोजकले जानकारी दिएको छ । 

 लिटल फ्लावर प्रिमियर लिगको पाँचौ संस्करणमा ईमेज होटेल प्रालि  हस्पिटालिटी पार्टनर बनेको हो ।
गत वर्ष   पनि ईमेज होटेल प्रालि  हस्पिटालिटी पार्टनर रहेको थियो ।
 प्रतियोगिताको लगातार दोस्रो पटक  ईमेज होटेल प्रालिले निरन्तरता दिईरहेको आयोजक टिमले बताएको छ । 

लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्स प्रालिको आयोजनामा हुने प्रतियोगिताको प्रायोजन सम्झौता भएको छ । आयोजकका तर्फबाट संस्थापक अध्यक्ष रामचन्द्र शाही र ईमेज होटेल प्रालिका तर्फबाट संस्थापक प्रबन्ध निर्देशक दीप रावतले सम्झौता पत्रमा हस्ताक्षर गरे । ईमेज बुक्स एण्ड स्टेशर्नससँगै पछिल्लो एक बर्षदेखि धनगढी २ एसपिए कलेज जाने बाटोमा ईमेज होटेल स्थापना भएको हो ।
अघिल्लो बर्षको असोजदेखि होटेल सञ्चालनमा रहेको छ । अत्याधुनिक सुविधा सम्पन्न एसी रुमहरु सहित होटेलमा २७ वटा कोठाहरु रहेका छन् । मिटिङ हल क्याविन रेष्टुरेन्ट लगायतका सेवाहरु होटेलले दिदैं आएको छ ।  

शिक्षा क्षेत्रमा लामो समयदेखि आबद्ध रहदै आएकोमा क्रिकेटको जग बसाल्न थालिएको प्रतियोगितामा आफुहरुले योगदान गरेको होटेलका संस्थापक प्रबन्ध निर्देशक दीप रावतले बताए । एलपिएलको तयारी सुरु भएसँगै प्रायोजकहरु जोडिने क्रम सुरु भईरहेको छ ।



मङ्गलबार ३०, मङि्सर २०७७ ०६:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.