विश्वकप र एशिया छनोटको खेल तालिका सार्वजनिक

Yugnepal     936 पटक पढिएको    

विश्वकप र एशिया छनोटको खेल तालिका सार्वजनिक

 
काठमाडौं । एसियन फुटबल महासंघ एएफसी  ले फिफा विश्वकप छनोट र एसियन कप छनोटको दोस्रो चरणका बाँकी खेलको समय तालिका सार्वजनिक गरेको छ । मलेसियाको क्वालालम्पुरमा बसेको एएफसीको भर्चुअल बैठकले बाँकी खेल जुन १५ सम्ममा सक्ने निर्णय गरेको हो ।

अक्टोबर र नोभेम्बरमा सञ्चालन गर्ने भनिएका छनोट खेल कोरोना भाइरस महामारीले गर्दा स्थगित गरिएको थियो । छनोट खेल अन्तर्गत अब बाँकी म्याच डे ७ र ८ का खेल मार्च तथा म्याच डे ९ र १० का खेल जुनमा हुनेछन् ।t



बिहिबार २७, कार्तिक २०७७ ११:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.