युरोकप फुटबलमा इंगल्याण्ड र फ्रान्ससहित को को भए विजयी

खेलकुद

Yugnepal     833 पटक पढिएको    

युरोकप फुटबलमा इंगल्याण्ड र फ्रान्ससहित को को भए विजयी

युरोकप फुटबलमा इंगल्याण्ड र फ्रान्ससहित को को भए विजयी 

काठमाडौं । युरोकप फुटबल छनोट भइरहेको छ । सोमबार रातिको खेलमा शीर्ष टिमहरु विजयी भएका छन् । 


समूह एचको खेलमा विश्वकप विजेता फ्रान्सले आइसल्याण्डमाथि ४–० को विशाल जित पाएको छ । फ्रान्सको जितमा सामुइल उम्टिटी, ओलिभर जिरु, काइलियान एम्बाप्पे र एन्टोइने ग्रिजम्यानले गोल गरे । 


फ्रान्सले निरन्तर राम्रो प्रदर्शन गर्दै आइरहेको छ । 


यो समूहको अर्को खेलमा अल्बानियाले एन्डोरालाई ३–० गोल अन्तरले हरायो भने टर्कीले मोल्डोभालाई ४–० ले हरायो । 


समूह बी को खेलमा सोमबार राति क्रिष्टियानो रोनाल्डोको पोर्चुगलले सर्बियासंग १–१ गोलको बराबरी खेल्यो । सर्वियाले ७ मिनेटमै डुसान टाडिकको पेनाल्टी गोलबाट अग्रता लियो । ४२ औं मिनेटमा डानिलो पेरेइराले बराबरी गोल गरे । 

समूह बी को अर्को खेलमा लग्जेम्बर्गले युक्रेनलाई २–१ को हारको नतिजा सुम्पियो । 


समूह ए को खेलमा इंगल्याण्डले मोन्टेनेग्रोलाई ५–१ गोल अन्तरले हरायो । रोस बार्कलीले २ गोल गरेको खेलमा ह्यारी काने, रहिम स्टर्लिङ र माइकल किनले १–१ गोल गरे । 

अर्को खेलमा कोसोभोले बुल्गेरियालाई १–१ गोलको बराबरीमा रोक्यो । 



मङ्गलबार १२, चैत २०७५ १०:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.