आईपीएलमा दुःखद ओपनिङ, के गर्लान् टिममा पर्न सन्दिप लामिछाने

खेलकुद

Yugnepal     783 पटक पढिएको    

आईपीएलमा दुःखद ओपनिङ, के गर्लान् टिममा पर्न सन्दिप लामिछाने

आईपीएलमा दुःखद ओपनिङ, के गर्लान् टिममा पर्न सन्दिप लामिछाने

काठमाडौं । १२ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेट शनिबारदेखि सुरु भएको छ । खेलमा सुरुवात भने सुखद हुन सकेन ।

सबैभन्दा खराव प्रदर्शन त भारतीय कप्तान विराट कोहलीले सम्हालेको रोयल च्यालेन्जर्स बैंगलोरको रह्यो । पहिलो खेलमा मात्र १४१ रन बन्न सक्यो । 

खेलमा चेन्नई सुपर किङ्सले विजयी सुरुवात गरेको छ । डिफेन्डिङ च्याम्पियन चेन्नईले खेल ७ विकेटले जित्यो । घरेलु मैदानमा चेन्नईले बैंगलोरलाई १७।१ ओभरमा अलआउट पार्दै ७० रनमा रोक्न सफल भयो । 

पार्थिव पटेलले ३५ बलमा सर्वाधिक २९ रन जोडे । त्यसबाहेक कुनै पनि खेलाडीले डबल डिजिटको अंक समेत बनाउन सकेनन् । कप्तान कोहलीले ६ रन बनाए जुन सर्वाधिकबाट चौथो नम्बरमा पर्यो ।

निकै खराव खेलेको बैंगलोरलाई रोक्न म्यान अफ द म्याच हर्भजन सिंह र इम्रान ताहिरले ३–३ विकेट लिए । 

निकै कम योगफलको लक्ष्य पुरा गर्न चेन्नईलाई १७।४ ओभरसम्म पुग्नुपर्यो र ३ विकेटको नोक्सानीमा पुरा गर्यो । यो योगफल भने टी–२० को निराशाजनक योगफल हो । 

आईपीएलमा आइतबार २ खेल हुँदैछन् । 

पहिलो खेलमा ४ः१५ बजे कोलकाता नाइट नाइडर्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । 

दोस्रो खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स राति ८ः१५ मा खेल्नेछन् । 

दिल्ली नेपाली क्रिकेटका ढुकढुकी सन्दिप लामिछानेको टोली हो । 

के गर्लान् सन्दिपले रु 

खेल मुम्बईमा हुँदै गर्दा सन्दिपले खेल्ने अपेक्षा धेरैको छ । तर निकै नै अनुभवी खेलाडीहरुले भरिएको दिल्लीबाट सुरुआतमै सन्दिपले खेल्न पाउने नपाउने टुंगो छैन । 

तीन पटकको च्याम्पियन मुम्बईसंग खेल्दा दिल्लीले परीक्षण गर्ने सम्भावना कम छ । 

दिल्ली सन् २०१२ पछि प्लेअफमा पुग्न सकेको छैन । भारतीय खेलाडी श्रेयर ऐयरको नेतृत्वमा रहेको टिमले सन्दिपलाई पहिलो खेलमै मौका दिने सम्भावना रहेको पनि बताइन्छ । 

अहिलेसम्म प्लेइङ सेट आएको छैन । सन्दिपले गत वर्ष अन्तिम ३ खेलमा मात्र मौका पाएका थिए । सन्दिपले आईपीएलमा ५ विकेट लिएका छन् । 



आइतबार १०, चैत २०७५ ०८:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.