रोनाल्डो विश्व चर्चित खेलाडीहरुमा पहिलो, मेस्सी तेस्रो र कोहली सातौं

खेलकुद

Yugnepal     918 पटक पढिएको    

रोनाल्डो विश्व चर्चित खेलाडीहरुमा पहिलो, मेस्सी तेस्रो र कोहली सातौं

रोनाल्डो विश्व चर्चित खेलाडीहरुमा पहिलो, मेस्सी तेस्रो र कोहली सातौं

एजेन्सी। पोर्जुगल र युभेन्टसका फुटबल स्टार क्रिष्टियानो रोनाल्डो विश्व चर्चित खेलाडीहरुमा पहिलो स्थानमा रहेका छन् । ईएसपीएन नेटवर्कले गरेको सर्वेक्षणले बास्केटब खेलाडी एलए लेकर्सका लेब्रन जोन्स दोस्रो रहेको र अर्जेन्टिना र बार्साका खेलाडी लियोनल मेस्सी तेस्रो स्थानमा रहेका छन्।

ईएसपीएनले तीन आधारहरुमा खेलाडीको अन्तिम नतिजा निकालेको हो। उनीहरुलाई ईन्टरनेटमा खोजिएको, बिज्ञापन खेलेको संख्याका आधारमा कमाउने रकम, र सामाजिक संजालहरुमा पच्छयाउनेहरुको संख्याका आधारमा छनौट गरिएको हो ।

अर्का ब्राजिलियन फुटबल स्टार नेयमार चौथो स्थानमा रहेका छन्। टेनिस स्टार रोजर फेडरर छैठौं स्थानमा रहेका छन् भने नाडाल ८औं स्थानमा रहेका छन्। भारतीय क्रिकेट कप्तान बिराट कोहली सातौं स्थानमा रहेका छन्। १३ स्थानमा भारतीय क्रिकेट खेलाडी महेनद्र सिंह धोनी रहेका छन्।

महिलाहरुमा प्रथम स्थानमा रहेकी सेरेना विलियम्स सबैमा १७औं स्थानमा रहेकी छिन्। त्सयैगरि अर्कीटेनिस सुन्दरी मारिया सारापोभा ३७औं स्थानमा रहेकी छिन। भारतीय टेनिस खेलाडी सानिया मिर्जा ९३औं स्थानमा रहेकी छिन्।  



बुधबार ०६, चैत २०७५ ११:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal