रोनाल्डोमाथि कार्वाही

खेलकुद

Yugnepal     771 पटक पढिएको    

रोनाल्डोमाथि कार्वाही

रोनाल्डोमाथि कार्वाही

काठमाडौं । विश्वका चर्चित फुटबल स्टार क्रिष्टियानो रोनाल्डो कार्वाहीमा पर्ने भएका छन् । पोर्चुगिज खेलाडी रोनाल्डोलाई युईएफएले कार्वाही गर्ने भएको हो ।

इटालियन क्लब युभेन्ट्सबाट खेल्दै आएका रोनाल्डोलाई गोलको खुसीयाली मनाउने क्रममा अनुचित व्यवहार गरेको भन्दै युईएफएले कारबाही गर्ने भएको हो ।

रोनाल्डोले च्याम्पियन्स लिग फुटबलको राउन्ड अफ १६ को दोस्रो लेगको खेलमा एट्लेटिको मड्रिडविरुद्व ह्याट्रिक गरेपछि गोलको खुसीयाली मनाएका थिए ।

रोनाल्डोले खुसी मनाउने क्रममा एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनको नक्कल गरेका थिए ।


पहिलो लेगको खेलमा २–० को जित निकाल्ने क्रममा सिमोनले दर्शकतर्फ फर्केर खराब ब्यवहार प्रकट गरेका थिए ।


रोनाल्डोले युभेन्ट्सले ३–० ले जितेको दोस्रो लेगमा ह्याट्रिक पुरा गरिसकेपछि सोही नक्कल गरेका थिए । युईएफएले आगामी मार्च २१ मा रोनाल्डोको बिषयमा निर्णय गर्नेछ ।

युईएफएले सिमोनलाई २० हजार युरोको जरिवाना गरेको थियो ।


युभेन्ट्सले क्वार्टरफाईनलमा डच क्लब आयाक्ससंग प्रतिस्पर्धा गर्दै गर्दा रोनाल्डोले खेल गुमाउने अनुमान गरिएको छ । 



मङ्गलबार ०५, चैत २०७५ १२:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.