समाजिक रुपान्तरण आजको आवश्यकता

युग संवाददाता     4674 पटक पढिएको    

समाजिक रुपान्तरण  आजको आवश्यकता
  1.  

जब गन्तव्यमा पुग्न यात्राको सुरुवात गरिन्छ तब हाम्रा पाईलाहरु अगाडी बढाईन्छ । हिजोको दिनमा नेपाली समाजमा नेपाली जनआन्दोलनको यात्रा २४० बर्ष चलेको जहानिया राणा शासनलाई किनारा लगाउन र जनताको शासनमा सत्ता स्थापना गर्नु नै प्रमुख गन्तव्यको लागि थियो । पछिल्लो समय नेपाली राजनितिको यात्राले ऐतिहासिक सफलता प्राप्त गरेतापनि प्राप्त राजनितिक सफलताले नेपाली ऐतिहासिक आन्दोलनको गन्तव्यलाई सहि मार्गदर्शन गर्न सकिरहेको छैन । आन्दोलनले एउटा शासन व्यवस्थालाई अन्त्य गरेर अर्को शासन व्यवस्थालाई स्थापना गर्ने कुरालाई ठुलै उपलब्धि भएको मानिदैन किनभने आन्दोलन केका लागि भएको हो त्यसैको निम्ति सफलता प्राप्त गर्न सक्नुनै आन्दोलनको उपलब्धि मान्न सकिन्छ ।

एकैपटक पाईने मानव जिवन समाज परिवर्तनका निम्ति बलिदान दिने कुरा समान्य हाईन । नेपाली समाज अहिले सम्म बिकासको गतिमा अगाडि बढ्न नसक्नु  एकल जातिय शासन व्यवस्थाको चरित्र हो ।

 

जुन व्यवस्थाले नेपाली समुदायलाई शोषित गरा¥यो । जो शासनका मालिक भए उनिहरुमात्र आर्थिक,समाजिक,राजनैनितिक र शैक्षिक रुपमा अघिबढे तर जो शासनले शोषित भए ति समुदायहरु आºनो अधिकारलाई बुझ्न नपाई आर्थिक, सामाजिक, राजनैतिक र शैक्षिक रुपमा बन्चित बनाइयो । जसका कारण आजपनि ती पछि पारिएका समुदायलाई कमजोर देख्ने मानिसहरुको कमि छैन । भन्ने गर्छन तिमिहरुले आºनो क्षमता गराएर आउ के पछि पारिएका समुदायको क्षमता नभएको हो र रु क्षमता भएर पनि क्षमतालाई दमन गरिएको हो । सदियांै दिन देखि दलित समुदायको सिर्जन सिल शिपलाई अपमान गरेर कट्टामा मागी खाने बनाएको नेपालको शासन र शक्ति का मालिकले गराएका छन ।

नेपाली समाजमा गरिब र शोषित समुदायका रुपमा दलित समुदायलाई चिनिन्छ नेपालको कुल जनसंख्याको १३।५ प्रतिशत दलित समुदाय गरिबिको रेखामुनि पिल्सिएको छ ।

राज्यले दलितहरुलाई मानविय पहिचानको रुपमा पहिचान दिन नसक्नु सामन्ति राज्यशत्ताको नितिगत बर्णव्यवस्थाको संरचनाले दिएको सजाए हो । जहा“ तल्लो जात बनाएर सामाजिक विभेद र नियोजित अन्याय सहन समेत बाध्य बनाईएको छ । जसका कारण दलितहरुले बिना गल्ति समाजिक ससाजय भोग्दै आएका छन् । यसरी समाजिक अपराधको शिकार बनेका दलितहरु एउटा शब्दले जुन दलित शब्द कै कारण यो नेपाली समाजले गैरमानविय दण्डितका हर्कतहरु दलित्ँमाथि देखाईरहेका छन् ।

दलितहरु माथि जातिय विभेदका व्यबाहार हिजोको जहा“निया शासन र राजतन्त्रमात्र कहा“ होर आजको गणतन्त्रमा पनि जनताका जननेता द्घारा सार्बजनिक ठाउ“मानै जातिय विभेद गरिएको उदाहरण  छन, दलित अनलाईन  खबरमा प्रकाशित खबर अनुसार कपिलवस्तुमा चन्द्रौटामा दलितको घरमा पुजा गर्दैनौैं भन्दै पुजारी भागेका छन ।

कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका मिलन विश्वकर्माको घर सत्यानारायण पुजा र रुद्री पुजा आयोजना गरेका थिए । पुजा सुरू गरेपछि दलित घर भएको थाहा भए पछि पण्डित भिम प्रसाद आचार्य र गोविन्द भट्टराई पुजा स्थान छोडेर भागेको पिडित मिलन विश्वकर्माले बताए।घरको पुजा गर्ने ठाँउ समेत लिपपोत गरी सफा सुग्घर बनाइएको थियो । विहान १० बजे पुजा गर्ने गरी घरको सम्पूर्ण तयारी सकिएको थियो ।

पुजा गर्ने विधि सुरु हुना साथ पुजारी अनेक बहान बनाई पुजाघरवाट बाहिर निस्किएको विश्वकर्माले बताए । धेरै समयसम्म कुरे पनि पण्डित फिर्ता नआएपछि एकाएका पण्डित भागेको खबर आएको थियो । पुजारी भागेपछी पुजा कार्य केही समय रोकेर पुजा कार्य निरन्तरता दिनको लागि स्वर्गद्वरी आश्रम खरेन्द्रपुरबाट पुजारी ल्याई विधिवत पूरा विश्वकर्माले गरेका थिए। पुजारी भाग्नु गलत कार्य भएको स्थानिय अगुवाहरुले बताएका छन ।

गाउँ गाउँबाट छुवाछुत अन्त्य गर्नका लागि स्थानीयहरु लागिपरेका बेला पण्डितहरु दलितमाथि छुवाछूतजन्य व्यवहार गरी पुजा बहिस्कार गर्नु गलत भएको स्थानीय अधिकारकर्मीहरु बताउँछन् । पण्डितहरु पुजास्थालमै यसरी घृणीत कार्य गर्नु कानुनी रुपमा दण्डित गर्नुपर्ने स्थानीय अधिकारकर्मी मेनाज खानले बताए ।


नेपालमा छुवाछुत भेदभाव लगायतको कार्य गर्नु कानुन विपरित भएपनि अहिलेको अवास्थामा यस्तो हुने निकै निन्दनिय कार्य भएको छ । भागेका पुजारीलाई पक्राउ गरी कानुन बमोजिम कार्वाही हुनु पर्ने राम निवास पुरीको तर्क छ ।
आस्थाको कार्य घर पुजामा प्रदेश सभा सद्स्य, वडा अध्यक्ष लगायतको विशिष्ट व्यक्तिहरूको सहभगीतामै पुजारी भागेका थिए । सो घटनालाई समासुन पार्नका लागि कोठे छलफल भैइरहे पनि कानुनी उपचार खोज्न पिडित परिवारले नसकेको स्थानीय अधिकारकर्मीहरुको दावी छ ।

यस्तो सामाजिक अपराध गर्नेलाई कानुनी कारबाही गर्नुपर्ने आम समुदायको माग गरेका छन् भने स्थानीय दलित अधिकारकर्मीहरुले पीडक पण्डितहरुलाई कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन् ।
हिजोको राणाका शासनमा यस्तै मानिसको शासनले अन्यायमा परेका दलितहरु आजपनि एउटा पुजारीले दलित भनेर थाहा“पाईसकेपछि पुजानै बहिस्कार गर्नु  राणा शासनले गर्ने विभेद र गणतन्त्रका पुजारीले गर्ने विभेदमा कुनै फरक देखिएको छैन ।

साजिक न्यायका निमित्त बगाएको रगत र नेपाली आन्दोलनले उठाएको सामाजिक मुद्घाहरु आजपनि एकल जाजिय सर्बसक्तिका कारण दलितको अधिकार विलय बनाउन खोजिएको छ । जातिय मुक्तिको अपेक्षा गरेका दलित समुदाय आज पनि धर्मका अनुयायी सामाजिक अपराधमा प्रमुख भुमिका खेल्दै आएका छन । यस्तै समाचारले आजको परिवर्तित समाजमा दलितमाथि ठूलो अन्यायको खाडल खनिरहेको संकेत देखिएको छ ।

यस्तै दलितहरुमाथि घट्दै आएका जातिय विभेदका घटनाहरुको भाषा एउटै भएपनि नेपालको शासन भित्रका संस्कार र सास्कृतिक अनुसार विभेद गर्ने शैलि फरक–फरक रहिआएको छ । कुनै ठाउ“मा दलितहरुले छुदा तेलको छिटो हाल्ने चलन छ भने कुनै ठाउ“मा सुनपानी छर्किने चलन चल्दैआएको छ ।

त्यसैगरि नेपाली समाजलाई विश्लेषण गर्दा सुदुर पश्चिम र सुदुर पुर्वमा दलितहरु माथि गरिदैआएका विभेदका व्यवाहारहरु फरक पाईन्छ ।

जसमध्य सुदुरपूर्वमा सार्वजनिक ठाउ“मा धारो छोएको निहुमा मन्दिर प्रवेश गरेको निहुमा दलितहरुलाई विभेद गरि कुटपिट गरि मारिएको समाचार पढ्न र सुन्दै पढ्दै आएका छौं । भने सुदुपश्चिमको सवालमा धारो छोएको निहुमा  मन्दिर प्रवेश गरेको निहुमा मात्र विभेद होइन त्यहा“का मल्ल शासनकाल देखिनै दलितहरुलाई देविदेवताको र मान्छेको दासी बनाएर राखेका छन ।

जुन अवस्थाको समाचर बन्न सकिरहेको छैन अहिले सम्म त्यस्तो दैनिक जिबन बिताईरहेका दलितहरुको भोगाईलाई कुनैपनि सरोकारवालाहरुले चा“सोका देखाएको देखिदैन । मल्ल शासन काल देखिनने मल्लहरुको देवताको  र मल्लको दासी बन्नु परेको बाध्यता अहिले सम्म राजनितिक मुद्घा बन्न सकिरहेको छैन ।

सुदुरपश्चिममा अहिले पनि दलितहरुलाई मल्ल ठकुरीको देविदेवताको डर र त्रासमा आºनो नर्गिय जिबन बिताउन बाध्य छन । जहा“ आºनो अधिकार के हो भनेर बुझ्नपनि नपाएका दलितहरुको भोगाई समाजिक न्यायको उझेलमा परेका छन । उनिहरुको चेतनाको स्तरलाई राज्यको निकायमा पुगाउने कुनै सरोकार मााध्यमले कुनै भुमिका निभाउन सकिरहेको छैन । परम्परागत चिन्तिनले ग्रसित भई शासकको शासनले लादिएको नियम भित्र दलितहरुले दासत्वको जिबन गुजार्नु पर्ने बाध्य बनाईएको छ । नेपालको कुल जनसंख्या मध्ये ६० लाख दलितहरु वर्तमान समय सम्म पनि ब्रहमणबादको सामाजिक अपराधले निश्चितत घेरामा कृठ्ठित बनाएको छ ।

कतिपय दलितहरु आºनै आधारभुत अधिकारलाई बत्तिमुनिको अध्यारो झै बनाउनुपर्ने बाध्यता रहेको छ । दलित समुदाय आफैमा कमजोर समुदाय होईन । दलित समुदायलाई नेपाली समाजले मागि खाने बनाउदै आएको छ । नेपाली समाज २१ औ शताब्दिको यात्रामा प्रवेश गरिसक्दापनि दलितहरुको सिप पोकाटो अन्नमा ठगिएको छ ।

त्यति मात्र होईन सार्वजनिक स्थल र सार्वजनिक कार्यहरुमा दलित समुृदायले विभेका चरम यातनाहरु भोग्दै आएका छन । सुदुरपश्चिमको डोटी, वैतडी,बझाङ र डडेल्धुरा जस्ता अधिकांश जिल्लाहरुमा दलित समुदायले जबरजस्तिको जिबन बिताउदै आएका छन ।

त्यहा“ २०६४ साल असोज १ गते शैलेश्वरी मन्दिरमा भएको सिनो आन्दोलन,२०६४ साल, कात्तिक महिनामा डडेलधुरामा भएको आन्दोलन,२०५८ सालमा बैतैडीको जगनाथ मन्दिर र बझाङको त्रिपुरा मन्दिरमा गरिएको आन्दोलनहरु जोलन्त यसका  उदाहरण हुन । आजभोली धेरै मान्छेहरुले जानिजानि दलितहरुको न्यायको आवाजमा अन्यायका आवाजहरु थप्ने गरका छन ।

जब नेपालमा दश वर्षे जनयुद्घ समाजिक न्यायका निमित्त मुत्यू र मुक्तिको उग्र आन्दोलन मच्चियो त्यसपछि पछिपारिएका समुदायले आफनो आधिकारको बारेमा बोल्न र बुझ्ने ठूलो अवसर प्राप्त गरे जसको कारण आज पछि परेका समुदायले आºनो अधिकार स्थापित गराउनुपर्ने कुरामा आवाज उठाउने  गरिरहेको पाईन्छ । त्यसो भनिरहदा कतिपय ब्रहमणबादी चिन्तनले ग्रसित मानिसले दलित समुदायले आºनो अधिकारको बारेमा बोलिरहदा जातिय द्धन्द दलित समुदायले गर्न खोजे भनि आरोप लागाउदै हल्ला मच्चाउने गर्दछन ।

यो देशमा जातिय विभाजन गरेर कसले दलित समुदायलाई मानवहिन मानव बनायो भन्ने कुराहरु को विश्लेषण गर्न बा“की देखिन्छ ।

एकपटक समाजले आजसम्म गरेको क्रियाकलापलाई विश्लेषण गर्दा जातियताको कुरा अधिकार माग्ने लाई भन्दा पनि अधिकार माथि शासन गर्ने ब्राहमण बाट ग्रसित मानसिकतालाई प्रश्न गरौ“ ।

चाडपर्र्व देविदेवताको नाममा काटिने रागांको मासु दलितले मात्र खानुपर्ने र बोकाको मासु गैरदलितले खानुपर्ने त्यस्तो जातिय द्घन्द कसले जन्माएको हो त्यहा“ किन अध्ययन गरिदैन रु त्यसैले जातिय द्धन्द समाजमा रहेको ब्रहमण चिन्तनले र हिन्धु धर्मभित्रको कुप्रचारले निम्ताएको द्धन्द हो ।

दलित समुदायले यो समाजमा मानविय पहिचानसहित स्वतन्त्र अधिकारमा बाच्न चाहेका हुुन । त्यसकारण दविएका आवाजहरुलाई अझै कुन्ठित गर्न नखोज ब्राहमण चिन्तले ग्रसित मानसिकता भित्र समाजिक अपराधको चारित्रिक कारण खोज । आफुलाई धर्मको गरु ठान्ने समाजिक अपराधका अगुवा मन्दिरका पुजारी पुजा र कथामा समाजिक अपराध को पाठ सिकाउदै आएका छन  । समाजमा लगाउने पुजाकथामा तल्लो र मल्लो जातको गलत प्रचार प्रसार गर्ने नाईके नै बाहुनबादका पुजारीहरुले गरेका छन ।


नेपालमा मान्दै आएको हिन्दु धर्मले दलितहरुलाई समाजिक अधिकारबाट बन्चित गराएको छ । त्यति मात्र होईन नेपालमा मल्ल शासन कालदेखि नै दलितहरुले  दुःख गरि आर्जेको जमिनपनि आºनो स्वामित्तवमा प्रयोग गर्न पाएन ।

दलित आफै गरिब हाईन दलितलई गरिब बनाउने नेपालको समान्ति शासन व्यवस्था नै हो जसले गर्दा नेपालका १३।५ प्रतिशत दलितहरु गरिबको रेखामुनि छन । दलितहरुको कृषि क्षेत्रमा रुचि नभएको हाईन । त्यहा“ दलितको क्षमता र इच्छालाई एकतान्त्रिक शासनले दमन गर्दै आयो ।

त्यसैले नेपालका अधिकांश जिल्लामा दलितले बनाएको जग्गा जमिन मल्ल शासनकाल देखिलै मल्लका देविदेवताको गुठी जग्गाको नाममा लालपुर्जा बनाएको छ । समान्ति सत्ता व्यवस्थाले मल्लहरुलाई नेपाली समाजको बडामहाराजा बनायो ।

तीनै बडामहाराजाको चाकरी र तिनिहरुको देवताको चाकरी गरिखान दलितहरुलाई बाध्य बनायो । त्यो शासनले अझै पनि अधिकांश दलितहरु बडामहाराजाको देविदेवता र बडामहाराजाको दासत्वको सिकार बन्न बाध्य छन ।

किन भने दलितले पसिना बगाएर आर्जेको जग्गा मल्लको देवाताको नाममा बनाएर न्याय खोज्नबाट त्रसित बनाएको छ । ती पिडित दिलितहरु यो समाजमा आएर पनि आºनो अधिकारको बारेमा बोल्न सकिरहेका छैन ।

कारण एउटै छ  ठकुरीहरुको चाकरी नगरे निशन्तानी भईन्छ भन्ने डर दलितहरुमा भ्रम फैलाइएको छ । यस्तै कारणले दलितहरुले शिक्षा,समाजिक,आर्थिक र राजनैतिक क्षेत्रमा चाहेर पनि अघि बढ्न सकिरहेका छैनन । नेपाली ऐतिहासिक जनआन्दोलनका हिस्सेदार दलित समुदाय मूत्यु वरण गरेर पनि मुक्ति पाएका छैन । पाए त हिजो कट्टामा माघि खान पाए आाज सत्तामा मागि खान पाएका छन । रगत बगाएर स्थापित गणतान्त्रिक राज्यमा दलितहरुको अधिकारको सिमा अझै मिचिएको छ ।

हिजोदेखि आजसम्म पछि पारिएका समुदायको बहानमा गरेको बलिदान आज व्यक्तिगत चाहानामा परिणत भएको छ । जहा“ नेपालको संविधानमा सुनिश्चित गरेको अधिकार एकल जातिय नेतृत्वले लत्याएको देखिन्छ । मिति २०७६–०२–१५ गते लोकसेवाले खोलेको विज्ञापनले नेपाली समाजमा पछिपारिएका समुदायको आत्म सम्मानमा समेत ठुलो ठेस पु¥याएको छ । नेपाली जनताको ठुलो दलिदानले स्थापित संविधान एकल जाति समुदायको मुठिमा रहेको कुरा स्पष्ट छ ।

समाजिक रुपान्तरण गर्न भन्दापनि व्यक्तिको रुपान्तरणमा राजनितिमा संलग्न मानिसहरुका लागि अवसर जुरेको छ ।

बर्तमान समयमा पनि दलित समुदायले मानव सरह बा“च्न नपाउनु ब्रहमणबादको समाजिक अभ्यासको चरित्र हो । ब्रहमणबादको दासत्वमा नर्गिय जिबन बिताउदै आएका दलितहरुले गणतान्त्रिक मुलुकमा अलिकति शास फेर्न पाए पनि विभेदको पिडाले अझैपनि निसास्सिएर बस्नु परेको छ ।

किनभने न्याय खोज्न दलितहरुले गैरदलितलाई त्यसै आरोप लगाएर न्याय खोजेको जस्तो ठान्छन भएका घटना पनि ढिसमिस गाराईन्छ । यो सबै हिन्दुु धर्म ले मानविय पहिचान भित्र मानविय व्यवाहारमा द्धन्द सिर्जना गरेको छ ।

र्म भित्रको नकारात्मक संस्कारले मानविय अधिकारलाई हमन गरेको छ । अन्तः समाजिक रुपान्तरणका निमित्त नेपाल सरकारले महत्वपूर्ण भुमिका खेल्न आवश्यक छ । अनावश्यक जातिय विभेदका भ्रम फैलाउनबाट पुजारीलाई तुरुन्तै रोक्नुपर्दछ ।

जतिपनि दलितहरुका जग्गा जमिन हडप्ने काम गरिएको छ त्यो पनि तत्काल फिर्तागरि दलितकै नाममा गरिनुपर्दछ । संविधानलाई पुर्णरुपमा कार्यन्वयन गर्नु समाजिक रुपान्तरणमा आजको आवश्यकता हो ।

लेखक–दिपा नेपाली

शैक्षिकः– मास्टर अध्ययनरत
त्रिभुवन विश्वविधालय कीर्तिपुर,काठमाण्डौ
अनेरास्वविय, कैलाली



बुधबार ११, मङि्सर २०७६ ११:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.