४४ जना दर्शक बाटै सुरु भयो मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगिता

खेलकुद

Yugnepal     811 पटक पढिएको    

४४ जना दर्शक बाटै सुरु भयो मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगिता

४४ जना दर्शक बाटै सुरु भयो मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगिता

धनगढी– ४४ जना दर्शक बाटै  धनगढीमा प्रथम मुख्यमन्त्री कप अन्तरप्रदेश प्रतियोगिताको उद्घाटन गरिएको छ । आवश्यक तयारी पूरा नभई सुरु गरिएको उक्त प्रतियोगिताबारे व्यापक विवाद भएको छ ।  हरेक प्रदेशबाट ९२ जना खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी कुल ६४४ जना सहभागी हुने भनिएको भएपनि उद्घाटन सत्रमा भने अतिथि र न्युनमात्रामा खेलाडीहरु मात्रै सहभागी भएका छन्  ।


सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा सुरु भएको प्रतियोगिताको सुरुका दिनहरुमा नै विरोध हुँदै आएको थियो । उक्त प्रतियोगितामा गठन गरिएका समिति तथा उपसमिति छनौटमा पनि मन्त्रीका छोरादेखि आफू निकटका कार्यकर्ता र आफू निकटका पत्रकार मात्रै राखिएको भन्दै प्रमुख प्रतिपक्षी दल, प्रेस युनियन र खेलकुद पत्रकार मञ्चले असन्तुष्टि जनाएका थिए । कतिपयले त पाँच दिनमा अढाइ करोड सिध्याउने कप मात्र भएको प्रतिक्रिया दिएका छन् । 

प्रतियोगितामा समितिका पदाधिकारीलाई दैनिक १४ सय भत्ता दिने निर्णयको पनि विरोध हुँदै आएको छ । कैलालीको धनगढीमा फागुन २९ देखि चैत ३ गतेसम्म सञ्चालन हुने सो  प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले गरेका थिए । प्रतियोगितामा पुरुष फुटबल, पुरुष भलिबल, महिला भलिबल, पुरुष क्रिकेट, महिला क्रिकेट र व्याडमिन्टन पुरुष र  महिला गरी चार खेलहरु खेलाइएको छ । 

फूटबल र क्रिकेटका खेलहरु लिगकम नकआउट प्रणालीबाट सञ्चालन गरिने मन्त्रालयको भनाई छ । प्रतियोगितामा सर्वाधिक स्वर्ण पदकका साथ प्रथम हुने प्रदेशलाई १५ लाख, द्वितिय प्रदेशलाई ८ लाख तथा तृतीय हुने प्रदेशलाई ५ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने मन्त्रालयले जनाएको छ ।



शुक्रबार ०१, चैत २०७५ ०४:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.