युरोपा लिगमा यी हुन् क्वार्टरफाइनल पुग्ने टिमहरु

खेलकुद

Yugnepal     901 पटक पढिएको    

युरोपा लिगमा यी हुन् क्वार्टरफाइनल पुग्ने टिमहरु

युरोपा लिगमा यी हुन् क्वार्टरफाइनल पुग्ने टिमहरु

तस्वीर – एजेन्सी

काठमाडौं । युरोपा लिग फुटबलको क्वार्टरफाइनल पुग्ने टिमहरुको छिनोफानो भएको छ । बिहीबार राति र शुक्रबार बिहान सम्पन्न पिक्वार्टरफाइनलका खेलहरुपछि अन्तिम आठको छिनोफानो भएको हो । 

चेल्सी, भ्यालेन्सिया, नापोली र आर्सनल अन्तिम आठमा पुगेका छन् । चेल्सीले डाइनामो किभलाई पहिलो र दोस्रो लेग गरी समग्रमा ८–० को जित हात पार्यो । 


भ्यालेन्सियाले क्रास्नोदरलाई समग्रमा ३–२ ले हराउँदौ अन्तिम आठमा पुग्यो । दोस्रो लेगको खेल १–१ को बराबरीमा सकिएको थियो । 

ब्गदबmभथबलन कतबचतभम ब्चकभलबुिक अयmभदबअप ष्ल दचष्ििष्बलत ाबकजष्यल दथ कअयचष्लन तजभ यउभलष्लन नयब िया तजभ नबmभ बातभच ाष्खभ mष्लगतभक

नापोलीले खेल ४–३ ले साल्जबर्गमाथि जित हासिल गरेर अन्तिम आठमा ठाउँ बनाएको छ । दोस्रो लेगको खेल ३–१ ले हारे पनि पहिलो लेगमा ३–० ले हासिल गरेको जितको आधारमा समग्रमा ४–३ को नतिजासहित नापोली अन्तिम आठमा पुगेको हो । 


आर्सनलले रेनेसलाई हराएर अन्तिम आठमा पुग्यो । आर्सनल समग्रमा ४–३ ले विजयी भयो । पहिलो लेग ३–१ ले हारेको आर्सनलले दोस्रो लेगमा घरेलु मैदानमा ३–० को जित निकालेको थियो । 

बेनेफिकाले डाइनामो जाग्रेबलाई समग्रमा ३–१ ले हराएर अन्तिम आठमा ठाउँ बनायो । पहिलो लेगमा १–० ले पछि परेको बेनेफिकाले दोस्रो लेगमा ३–० को जित निकालेको थियो । 

ीगपब व्यखष्अ नयत तजभ खष्कष्तयचक याा तय तजभ उभचाभअत कतबचत दथ कअयचष्लन ब अचगअष्ब िबधबथ नयब िबत तजभ क्बल क्ष्चय

फ्रयांकफर्ट पनि अन्तिम आठमा पुगेको छ । फ्रयांकफर्टले इन्टरमिलानलाई १–० ले हराएर अन्तिम आठमा ठाउँ बनाएको हो । पहिलो लेगको खेल गोलरहित बराबरीमा सकिएको थियो । 

स्लाभिया प्रागले सेभियालाई ६–५ ले हराएर अन्तिम आठमा ठाउँ बनायो । स्लाभियाले दोस्रो लगेमा ४–३ को जित पाएको थियो । 

र भिल्लारियल ५–२ को नतिजासहित जेनित सेन्ट पिटर्सबर्गलाई हराएर अन्तिम आठमा पुग्यो । दोस्रो लेग २–१ ले भिल्लारियलले आफ्नो पक्षमा पारेको थियो । 



शुक्रबार ०१, चैत २०७५ १२:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.