यसरी पुगे लिभरपुल, चेल्सी र म्यान्चेस्टर युनाइटेड काराबाओ कपको चौथो चरणमा

Yugnepal     815 पटक पढिएको    

यसरी पुगे लिभरपुल, चेल्सी र म्यान्चेस्टर युनाइटेड काराबाओ कपको चौथो चरणमा

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलको लिग लिडर लिभरपुल, चेल्सी र म्यान्चेस्टर युनाइटेड इएफएल कप अर्थात् काराबाओ कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । 

बुधबार राति भएको खेलमा लिग वान क्लब मिल्टन केएनेस डोन्सलाई २–० गोल अन्तरले पराजित गर्दै लिभरपुल चौथो चरणमा पुगेको हो ।

मिल्टनको मैदानमा लिभरपुललाई जित दिलाउन जेम्स मिल्नर र कि जना होएभरले एक एक गोल गरे ।

मिल्नरले सन् २०१० पछि क्लबका लागि पहिलो गोल गरे । १७ वर्षीय होएभरको पनि सिनियर टिमबाट क्लबका लागि पहिलो गोल हो ।

अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले संघर्षपूर्ण खेलमा रोचडालेलाई हराउँदै चौथो चरणमा पुगेको छ । निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा युनाइटेडले ५–३ ले खेल जितेको हो । 

यसअघि निर्धारित समयमा मासन ग्रिनउडले युनाइटेडका लागि र लुक माथेसनले रोचडालेका लागि गोल गरेका थिए । 

चेल्सीले भने ग्रिम्सी टाउनमाथि विशाल प्रदर्शन गरेको छ । चेल्सी ७–१ गोल अन्तरले विजयी भयो । 

मिचि बात्सुयीले २ तथा रोस बार्कली, पेड्रो रोड्रिग्वेज, कुर्त जुमा, रिस जेम्स र कालुम हड्सन ओडीले १–१ गोल गरे । 

अन्य खेलमा एस्टन भिल्लाले ब्राइटन एन्ड हब आल्बियनलाई ३–१ गोल अन्तरले हरायो । 

बुर्टन आल्बियनले एएफसी बर्नमाउथलाई २–० गोल अन्तरले हरायो । अक्सफोर्ड युनाइटेडले वेष्टह्याम युनाइटेडलाई ४–० गोल अन्तरले स्तब्ध पार्यो । 

सन्डरल्याण्डले शेफिल्ड युनाइटेडलाई १–० ले हरायो । वुल्भरह्याम्पटनले रिडिङलाई पेनाल्टी सुटआउटमा ४–२ ले हरायो ।  



बिहिबार ०९, असोज २०७६ १२:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.