फुटबलको ‘द बेष्ट’ अवार्ड मेस्सीलाई, कसले कसलाई हाले भोट   ?

Yugnepal     1121 पटक पढिएको    

फुटबलको ‘द बेष्ट’ अवार्ड मेस्सीलाई, कसले कसलाई हाले भोट   ?

काठमाडौं । अर्जेन्टाइन तथा स्पेनिश फुटबल क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी विश्वको उत्कृष्ट खेलाडी बन्दै फिफा वर्ष खेलाडी ‘द बेष्ट’ अवार्ड जित्न सफल भएका छन् । सन् २०१८ मा उत्कृष्ट खेलाडी घोषित हुँदै मेस्सीले उक्त अवार्ड जितेका हुन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार राति इटालीको मिलानमा आयोजित विशेष समारोहमा मेस्सीलाई उक्त अवार्ड प्रदान गरेको हो ।

अवार्ड जित्ने क्रममा मेस्सीले पोर्चुगिच खेलाडी एवं इटालियन क्लब युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र इंगलिश क्लब लिभरपुलका भर्गिल भान डाइकलाई पछि पारे ।

कसले कसलाई हाले भोट  

मेस्सीले सादियो मानेलाई पहिलो नम्बरमा, क्रिष्टियानो रोनाल्डोलाई दोस्रो नम्बरमा र फ्रेन्की डि जोङलाई तेस्रो नम्बरमा भोट हालेका थिए । 

तर रोनाल्डोले भने मेस्सीलाई भोट हालेनन् । उनले पहिलो नम्बरमा माथिज डे लिट, दोस्रो नम्बरमा र फ्रेन्की डि जोङलाई र तेस्रो नम्बरमा केलियन एम्बाप्पेलाई भोट हालेका थिए । 

ख्ष्चनष् िखबल म्ष्वप, धजय अबmभ कभअयलम यल तजभ लष्नजत बजभबम या च्यलबमिय, खयतभम ःभककष् बक तजभ दभकत

मानेले भने मेस्सी, भर्गिल भान डिक र रोनाल्डोलाइृ भोट हालेका थिए । 

भान डिकले मेस्सी, मोहम्मद सलाह र मानेलाई भोट हालेका थिए । 

मेस्सीलाई ग्यारेथ साउथगेट र ह्युगो लोरिसले पनि एक नम्बरमा भोट हालेका थिए । 

त्यस्तै रोनाल्डोलाई लुका मोड्रिच र जर्जियो चेलिनीले एक नम्बरमा भोट हालेका थिए । 

समग्रमा मेस्सीले ४६, भान डाइकले ३८ तथा रोनाल्डोले ३६ अंक पाए । सलाहले २६ तथा मानेले २३ अंक पाए । 

अन्य उपाधि कसले के जित्यो 

महिलातर्फको वर्ष खेलाडी अवार्ड मेगान रापिनोईले जितिन् । पुरुष प्रशिक्षकको अवार्ड लिभरपुलका जोर्गेन क्लोपले जिते । महिलातर्फको अवार्ड जिल एलिसले जितिन् ।

वर्षको उत्कृष्ट गोल पुस्कास अवार्ड हंगेरीका डानियल जेसोरीले जिते । सिल्भिया ग्रेकोले फिफा फ्यान अवार्ड जिते ।

महिला गोलकिपर अवार्ड एट्लेटिको मड्रिडकी सारी भान भिनेनडलले जितिन् ।

फिफा फेयर प्ले अवार्ड मार्सेलो बिलसा र लिड्स युनाइटेडले जितेको छ ।



मङ्गलबार ०७, असोज २०७६ १०:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.