भारतको ५०० औं जित, विश्वकपअघि अष्ट्रेलियामाथि बन्यो ‘शेर’

खेल

Yugnepal     637 पटक पढिएको    

भारतको ५०० औं जित, विश्वकपअघि अष्ट्रेलियामाथि बन्यो ‘शेर’


काठमाडौं । इंगल्याण्डमा हुने विश्वकप अघिको एक दिवसीय क्रिकेट श्रृंखलामा भारतले बलियो प्रतिद्धन्द्धी भारतमाथि ‘शेर’ को प्रदर्शन गरेको छ । पाँच खेलको श्रृंखलामा भारत घरेलु मैदानमा २–० ले अगाडि भएको छ ।


मंगलबार राति भएको दोस्रो खेलमा भारतले ८ रनको साँघुरो जित निकाल्यो । नागपुरमा भएको खेलमा कप्तान बिराट कोहलीले सेन्चुरी बनाएपछि भारतले ४८।२ ओभरमा अलआउट हुँदै २५० रन बनायो ।

कोहलीले एक दिवसीयमा ४० औं सेन्चुरी बनाउने क्रममा ११६ रन जोडे । त्यस्तै विजय शंकरले ४६ रन बनाए ।

जवाफमा उत्रिएको अष्ट्रेलियाले ४९।३ ओभरमा २४२ रन बनाएर अलआउट भयो । मार्कोस स्टोइनिसले ५२ रन बनाए



बुधबार २२, फागुन २०७५ ०९:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.