नेपाल च्याम्पियन पुरुषोत्तम चौंलागाईले उचाले नमुनाबौद्ध मास्टर्स चेस च्याम्पियनसीपको उपाधि

Yugnepal     743 पटक पढिएको    

नेपाल च्याम्पियन पुरुषोत्तम चौंलागाईले उचाले नमुनाबौद्ध मास्टर्स चेस च्याम्पियनसीपको उपाधि

काठमाडौं । नेपाल च्याम्पियन पुरुषोत्तम चौंलागाईंले दोश्रो नमुना बौद्ध मास्टर्स चेस च्याम्पियनसीपको उपाधि जितेका छन् ।

काठमाडौंमा आईतबार सम्पन्न प्रतियोगिताको अन्तिम चरणको खेलमा फिडेमास्टर मनिष हमाललाई हराउँदै पुरुषोत्तमले वर्षको दोश्रो ठूलो उपाधि हात पारे । 

गत बैशाखमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद अन्तर्गत भएको २१ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका विजेता उनले ९ खेलमध्ये ६ खेलमा जीत र ३ खेलमा बराबरीको नतिजा निकाले । पेशाले ब्यांकर समेत रहेका उनले मास्र्टर्स ट्रफी सहित नगद ५१ हजार प्राप्त गरे ।

पूर्व राष्ट्रिय च्याम्पियन समेत रहेका डायनामिक चेस क्लब दमकका क्यान्डिडेट मास्टर भुपेन्द्र निरौला ९ खेलबाट ७ अंक हात पार्दै दोश्रो हुन सफल भए । नवौं चरणमा फिडेमास्टर रुपेश जयसवालसँग बराबरी खेलेका उनले ३० हजार नगद हात पारे । 

उता प्रतियोगिताका डिफेन्डिङ च्याम्पियन सुरवीर लामाले तेश्रो स्थानमा चित बुझाए । अन्तिम चरणको खेलमा थापाथली चेस पार्कका सुमित पन्तलाई पाखा लगाउँदै ७ अंक बनाएका गोल्डेनगेट कलेजका लामाले २० हजार नगद समेत प्राप्त गरे ।


प्रतियोगिताका पहिलो वरियताका खेलाडी फिडेमास्टर रुपेश जयसवाल ६ दशमलब ५ अंकका साथ चौथो स्थानमा रही प्रतियोगिता टुंग्याए । 

त्यसैगरी पूर्व राष्ट्रिय च्याम्पियन क्यान्डिट मास्टर नविन तण्डुकार, सुमित पन्त, गजुरमुखी चेस क्लबका मनिष हमाल, भक्तपुरका गणेशमान दुवाल, थापाथली चेस पार्कका क्यान्डिडेट मास्टर क्षितीज भण्डारी, तथा शुसील चौधरी क्रमशः पाँचौंदेखि दशौं स्थानमा रहन सफल भए । 

उत्कृष्ट १५ खेलाडीलाई नगद पुरस्कार रहेको प्रतियोगितामा थापाथली चेस पार्कका आशिष फुँयाल, शहिद शुक्र क्लबका प्रेमकृष्ण महर्जन तथा राजेन्द्र बज्राचार्य, गजुरमुखी चेस क्लबका क्यान्डिडेट मास्टर कृष्ण थापा र गोल्डेनगेट कलेजका क्यान्डिडेट मास्टर मदनकृष्ण कायस्थ क्रमशः एघारौंदेखि पन्ध्रौं स्थानमा रहे ।

महिलातर्फ स्नेहा यादव उत्कुष्ट रहिन् । त्यसैगरी विशेखा जयसवाल तथा विनिता कपाली दोश्रो र तेश्रो स्थानमा रहे । त्यसैगरी निरञ्जन पुडासैनीले उत्कृष्ट एनबीसिसि खेलाडीतर्फ पहिलो बने । बिनोद काफ्ले तथा मनिराज डाँगी क्रमशः उत्कृष्ट एनबिसिसि खेलाडीतर्फ दोश्रो तथा तेश्रो हुन सफल भए ।

ब्लिचतर्फ शुरवीर उत्कृष्ट
प्रतियोगिता दौरान संविधान दिवसको अवसरमा आयोजित संविधान दिवस ब्लिच चेस प्रतियोगिताको उपाधि सुरवीर लामाले जिते । त्यसैगरी क्षितीज भण्डारी दोश्रो तथा नविन तण्डुकार  तेश्रो भए ।

नमुनाबौद्ध चेस क्लबको आयोजना तथा मार्बल टेक्नोप्लास्टको प्रायोजनमा भाद्र ३१ गते शुरु भएको प्रतियोगिताका विजयी खेलाडीलाई संघीय संसद कृष्ण राई, प्रदेश सभा सदस्य रामेश्वर फुँयाल, नेपाल ओलम्पिक कमिटिका सदस्य रमेशप्रसाद शिवाकोटी, नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठ लगायतले पुरस्कार वितरण गरे ।



सोमबार ०६, असोज २०७६ ०१:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.