साफ यू–१८ फुटबलमा नेपाल र माल्दिभ्स खेल्दै, नेपाल उपाधिको ह्याट्रिक गर्न आतुर

Yugnepal     676 पटक पढिएको    

साफ यू–१८ फुटबलमा नेपाल र माल्दिभ्स खेल्दै, नेपाल उपाधिको ह्याट्रिक गर्न आतुर

काठमाडौं । तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबल शुक्रबारदेखि सुरु हुँदैछ । एपीएफको हलचोक मैदानमा हुने उद्घाटन खेलमा नेपालले माल्दिभ्ससंग खेल्दैछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

समूह ए मा नेपाल, माल्दिभ्स र भुटान रहेका छन् । नेपालले दोस्रो खेलमा असोज ५ गते भुटानसंग खेल्नेछ । समूह बीमा भारत, श्रीलंका र बंगलादेश छन् । समूहका शीर्ष दुई टिम सेमिफाईनल प्रवेश गर्नेछन् ।

नेपालले यसअघिका दुवै संस्करण जितेको थियो । यो संस्करण जिते नेपालले उपाधिमाथि ह्याट्रिक गर्नेछ । मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले बिहीबार भएको प्रिम्याच कन्फ्रेन्समा नेपालले ह्याट्रिक गर्ने बताए ।

दोस्रो खेलमा शनिबार बंगलादेश र श्रीलंका खेल्नेछन् । 



शुक्रबार ०३, असोज २०७६ १०:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.