गुल्टियो म्यानचेस्टर सिटी, यस्तो छ शनिबार रातिका खेलको नतिजा

Yugnepal     896 पटक पढिएको    

गुल्टियो म्यानचेस्टर सिटी, यस्तो छ शनिबार रातिका खेलको नतिजा

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी पराजित भएको छ । शनिबार राति भएको खेलमा सिटी नर्विच सिटीसँग ३–२ गोल अन्तरले पराजित भएको हो ।


घरेलु मैदानमा नर्विचलाई जित दिलाउन केनी म्याकलिन, टोड क्यान्टवेल र टेमु पुकीले १–१ गोल गरे । सिटीका सर्जियो अग्युरो र रोड्रिगोले १–१ गोल फर्काए ।


म्यानचेस्टर सिटीको यो जारी सिजनको पहिलो हार हो । 

शनिबार रातिका अन्य खेलको नतिजा–
लिभरपुल ३ ९साडियो माने २, मोहम्मद सलाह १० –१ न्युकासल युनाइटेड ९विलियम्स० 
ब्राइटन १–१ बर्नली
म्यानचेस्टर युनाइटेड १ ९मार्कस राशफोर्ड० – ० लेस्टर सिटी
शेफिल्ड युनाइटेड ०–१ साउथह्याम्पटन
टोटनह्याम ४ ९सन ह्युङ मिन २० – ० क्रिस्टल प्यालेस
वुल्भरह्याम्पटन २ ९ ट्यामी अब्राहम आत्मघाती० – ५ चेल्सी ९ट्यामी अब्राहम ३, फिकायो टोमोरी १, मासन माउन्ट

अंक तालिका–
५ खेलबाट लिभरपुल अपराजित हुँदै १५ अंकसहित शीर्ष स्थानमा छ । म्यानचेस्टर सिटी १० अंकबाट दोस्रो स्थानमा छ । टोटनह्याम, म्यानचेस्टर युनाइटेड, लेस्टर सिटी र चेल्सीको समान ८ अंक छ । 



आइतबार २९, भदौ २०७६ १०:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.