बी डिभिजन लिगमा श्री भगवती र आरसीटीको जित

खेलकुद

Yugnepal     919 पटक पढिएको    

बी डिभिजन लिगमा श्री भगवती र आरसीटीको जित

बी डिभिजन लिगमा श्री भगवती र आरसीटीको जित    

 
काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो चरणको खेलमा रानीपोखरी कर्नर टिम ९आरसीटी० र श्री भगवतीले जित हात पारेका छन् । आइतबार एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा श्री भगवतीले टुसाल  क्लबलाई ३–१ गोलले हराउन सफल भएको हो । 
श्री भगवतीलाई जित दिलाउन दर्शन गुरुङले दुई र पासाङ शेर्पाले एक गोल गरे । उता टुसालका लागि कसिम राईले एक गोल गरे । खेलको ४१ औँ मिनेटमा दर्शनले गोल गर्दै श्री भगवतीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको इन्ज्यूरी समयमा कसिम राईले गोल गर्दै खेल बराबरीमा पुर्याए । 
निकै रोमाञ्च खेलको ६० औँ मिनेटमा पुनः दर्शनले गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाए । खेलको ८१ औँ मिनेटमा पासाङले गोल गर्दै श्री भगवतीलाई ३–१ गोलले जित दिलाए । आज नै भएको अर्को खेलमा सातदोबाटो युवा क्लबविरुद्ध आरसीटीले २–० को जित निकाल्न सफल भएको छ ।  
आरसीटीलाई जित दिलाउन नन्द प्लानचोकेले दुई गोल गरे । उनले खेलको ६८ औँ मिनेटमा पहिलो गोल गर्दै आरसीटीलाई सुरुवाती अग्रता दिलाएका थिए । नन्दले खेलको ८३ औँ मिनेटमा अर्को गोल गर्दै टिमलाई सहज जित दिलाएका थिए । 



आइतबार १९, फागुन २०७५ ०८:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.