स्पेन जाने योजना बनाएका नेयमार फ्रान्समै रोकिए

Yugnepal     849 पटक पढिएको    

स्पेन जाने योजना बनाएका नेयमार फ्रान्समै रोकिए

एजेन्सी। ब्रजिल र पिएसजीका स्टार खेलाडी नेयमार सन् २०१९को सत्रमा स्पेनको फुटबल क्लब बार्सिलोना जाने बारे छलफलमै टुंगिएको छ। खेलाडी स्थान्त्रणको समय सकिंदा नेयमार बारे निर्णय हुन सकेन र उनी पिएसजी मै बस्ने भए।

पिएसजीको सुरुवाती टोलीमा पनि नबसेका नेयमार बार्सिलोना जानेमा ढुक्क थिए । पिएसजीका समर्थकहरुले पनि पहिलो खेलमा नेयमार बिरुद्ध नाराबाजी पनि गरेका थिए। उनी यो सत्रमा पिएसजीका लागि मैदान ओर्लिएका छैनन्।

नेयमारलाई फ्रान्सबाट स्पेन लान २० करोड पाउण्ड भन्दा बढिको रकम आवश्यक पर्ने थियो। उक्त रकम पुर्‍याउन बार्सिलोना वा रियाल मड्रिडलाई संभव थिएन। उनीहरुसँग उपलब्ध रकम अपुग हुने भयो। बार्सिलोनाले तीन खेलाडी पिएसजीलाई दिएर नेयमार लिने भयो केही पैसा थपेर।

बार्साका दुई खेलाडी ईभान राकिटिच र जिन क्लेयर टोडिबोले माने पनि ओसमाने डेम्बेलेले साप्ताहिक तलबको रकम एकदम धैरै माग्नाले पिएसजी र बार्सा बिचको खेलाडी किनबेच रोकिएको थियो। यसरी रोकिंदा नेयमारको फ्रान्सबाट स्पेन जाने सपना कम्तिमा जनवरीसम्मका लगि रोकिएको छ। जनवरीसम्म नेयमार पिएसजी नै बस्ने छन्।

उनले जनवरीमा स्पेन जाने पुरै प्रयास गर्नेछन्। उनलाई पिएसजी बस्न मन छैन र कम्तिमा ४(५ महिना पिएसजीले कसरि खेलाउँछ त्यो हेर्न भने बाँकी नै छ।



मङ्गलबार १७, भदौ २०७६ ०४:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal