म्यान्चेस्टर युनाइटेडबाट साञ्चेज इन्टर मिलानमा

Yugnepal     688 पटक पढिएको    

म्यान्चेस्टर युनाइटेडबाट साञ्चेज इन्टर मिलानमा

काठमाडौं । इंगलिश फुटबल क्लब म्यानचेष्टर युनाइटेडले आफ्ना खेलाडीहरु धमाधम बाहिर पठाइरहेको छ ।

रोमेलु लुकाकुलाई इटालियन सिरि ए क्लब इन्टर मिलानमा पठाएको युनाइटेडले अर्का फरवार्ड एलेक्सेस साञ्चेजलाई पनि लोनमा पठाउँदै छ । 

साञ्चेज पनि इन्टर मिलानमै जाँदैछन् । इन्टरका प्रशिक्षक एन्टोनियो कोन्टे युरोपियन ट्रान्सफर विन्डोको समय सकिनु अघिनै सान्चेजलाई क्लबमा ल्याउन लागिएको बताएका छन् । 

आगामी सोमबार ट्रान्सफर जोन सकिँदैछ । सम्भवतः बुधबारै सम्झौता पूरा हुनेछ । लुकाकुसंगै साञ्चेजले जोडी बनेर खेल्ने दावी इन्टर मिलानले गरेको छ । साञ्चेज युनाइटेडमा रहँदा भने सबैभन्दा महंगा थिए । 

उनले साताको ४ लाख पाउण्ड कमाउने गरेका थिए । 

युनाइटेडमा राम्रो खेल्न नसकेका साञ्चेजले ४५ खेलमा ५ गोल मात्र गर्न सके । 



बुधबार ११, भदौ २०७६ ०२:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.