मानिस किन दौडिरहेको छ, भागिरहेको छ  ?

Yugnepal     1394 पटक पढिएको    

मानिस किन दौडिरहेको छ, भागिरहेको छ  ?

काठमाडौं। यस बीसौं शताब्दीमा हामीले सुन्यौं कि अफ्रीकामा एकनिकै ठूला डाक्टर थिए बर्नार्ड। उनले एक व्यक्तिको मुटु निकालेर दोस्रो व्यक्तिमा लगाइदिए। यस मुटु परिवर्तनको क्रियालाई वैज्ञानिक भाषामा हर्ट ट्रान्सप्लान्टेशन भनिन्छ। आजको विज्ञानको यो निकै महत्वपूर्ण उपलब्धि मानिन्छ । तर यदि तपाई धेर थोर विज्ञानको ज्ञान भए तपाईलाई थाहा होला कि मुटु बदल्नु सजिलो छ मस्तिष्क  बदल्नु भन्दा। मस्तिष्क भित्र जुन ग्रे मेटर हुन्छ त्यसलाई परिवर्तन गर्नु  एक निकै कठिन काम हो जुन विज्ञानले अहिलै सम्म गर्न सकेको छैन। त्यस प्राचीन जमानामा के शल्य(चिकित्सा  थियो होला कि त्यस समय   मस्तिष्क प्रत्यारोपण गर्ने गरिन्थ्यो, मस्तिष्क पनि बदल्न सकिन्थ्यो । हाम्रो वैदिक कालको यो कति ठुलो उपलब्धि थियो जुन गणेश त्यसको ज्वलन्त उदाहरणको रूपमा हामी सामु हुनुहुन्छ।

दक्ष प्रजापतिले एउटा विशाल यज्ञको आयोजन गरेका थिए जसमा द्वेषवश उनले आफ्नो जुवाईं भगवान शिव र आफ्नी पुत्री सतीलाई निमन्त्रित गरेनन्। शिव जीका सम्झाउनेका पछि पनि सती आफ्नो पिता त्यस यज्ञ नबोलाईकन नैं जानुभयो। यज्ञस्थलमा दक्ष प्रजापतिले सती र शिव जीको घोर निरादर गरे।

अपमान सहन नसकेको कारण सतीले तत्काल यज्ञस्थलमा नैं योगाग्निमा स्वयंलाई भस्म गरिनुभयो । सतीको मृत्युको समाचार पाएर भगवान शिवले वीरभद्रका द्वारा त्यस यज्ञको विध्वंश गराई दिए। वीरभद्रले दक्ष प्रजापतिको शीर पनि काटे। पछि ब्रह्मा जीको प्रार्थना गर्नमा भगवान शिवले दक्ष प्रजापतिलाई त्यसको सिरका बदलामामा बोकाको शीर प्रदान गरेर त्यस यज्ञलाई सम्पन्न गराउनु भयो ।

दोस्रो कुरा, गणेश महाराज भित्र एक निकै ठूलो विशेषता छ कि उहाँको कान लामो छ, जसले यो प्रेरणा दिन्छ कि सहि कुरालाई श्रवण गर्ने क्षमतालाई बढाउ। धेरै मानिसहरु राम्रो कुरालाई, सत्संगको कुरालाई दाहिने कानबाट सुनेर देब्रे कानले उडाउँछन् । उनिहरुको मानस(पटलमा ती सही कुराको, सत्संगको, केहि पनि असर हुँदैन । तर गणेशको लामो कानले यो कुरालाई संकेत दिन्छ कि मानवले हरेक राम्रो कुरालाई ध्यान दिएर सुन्नुपर्छ ।

गणेशको पेट निकै विशाल छ जसको मतलब यो हो कि सहि कुरालाई सुनेर पेटमा पचाउ, अर्थात त्यसलाई जीवनमा उतार । यसका साथै उहाँको एक लामो सुँड पनि छ । सुँडले दुई काम गर्छ एक काम हो पानी पिउनु । हात्ती जब पानी पिउछ तब सुँडमा पानी तानेर सुडलाई मुखमा हालेर पानी पिउछ । यो पानी पीउने जुन कार्य छ, त्यो कर्मेन्द्रिय ९धयचपष्लन यचनबल० को विषय हो। सुँडको दोस्रो काम हो सुघ्नु। हात्ती जब जंगलमा घुम्छ तब सुँडको माध्यमबाट उ  सुघेर थाहा पाउछ कि यहाँ कुनै मनुष्य वा जनावर छ कि छैन । तथा कुनै चीजलाई सुँघेर यो पनि पत्ता लगाउछ कि यो मेरो आहारको लागि उपयुक्त छ या छैन। यो सूघ्ने जुन छ त्यो ज्ञानेन्द्रिय ९कभलकगब ियचनबल० को विषय हो। अतः हात्तीको सुँडमा कर्मेन्द्रिय र ज्ञानेन्द्रिय दुवैको समन्वय, संगम हुँन्छ जसले यस कुराको संकेत गर्छ कि हाम्रो जीवन भित्र जबसम्म ज्ञान र कर्मको  सामन्जस्य प्राप्त हुँदेन तबसम्म हाम्रो जीवन अधुरै रहनेछ । ज्ञान होस वा ज्ञान नहोस कर्म मात्र गर्दा हामी त्यसबाट लाभान्वित हुन सक्दैनौ ।

यदि एक व्यक्तिलाई चिया पकाउने ज्ञान नभए उसले चिया पकाउन सक्दैन । हाम्रा सन्तले पनि यहि सम्झाए कि जस प्रकार एक पंक्षी दुई पखेटाबाट उड्छ आकाशमा यसै प्रकार मानव जीवनमा पनि दुई चीज छन् (कर्म र ज्ञान। जबसम्म दुवैको समन्वय हाम्रो जीवनमा हुनेछैन तबसम्म हामी केहि पनि प्राप्त गर्न सक्ने छैनौ आफ्नो लक्ष्यबाट वंचित रहनेछौ ।

हामी गणपतिको पूजा गर्छौ । हामी उनलाई यसकारण श्रेष्ठ मान्छौ कि उहाँले आफ्नो जीवनमा ज्ञान र कर्मको समन्वय गर्नुभयो । यही भगवान कृष्णले भन्नुहुन्छ हे अर्जन, आफ्नो जीवनमा ज्ञान र कर्मको समन्वय गर। यसप्रकार गणेशद्वारा हामीलाई कति धेरै प्रकारको बहुमूल्य शिक्षा मिल्छ तर यो हाम्रो दुर्भाग्य हो कि हामी ती शिक्षाहरुलाई जीवनमा उतार्दैनौ , केवल परम्परावादी बनेर भागिरहेका छौ। तर यो पनि थाहा छैन कि किन भागिरहेका छौ, कहाँ भागिरहेका छौ रु

एक उदाहरण छ कि एक खरायो एक बेलको रुखमुनि सुतिरहेको थियो । अचानक हवा चल्यो र एक ठुलो बेलको फल झर्यो धर्तीमा र फुट्यो । यति जोरको आवाज आयो कि त्यस खरायोले सोच्यो शायद धर्ती फुट्यो । अब धर्ती फुट्यो तब बिचरा के गरोस । डरले निकै जोड जोडले भाग्न थाल्यो । फ्याउरोले देख्यो खरायो निकै तेजले भागि रहेको छ उसले सोध्यो (भाई कहाँ जादै छौ यति तेजले । उसले भन्यो अरे फ्याउरी फुपु तिमिलाई थाहा छैन कि धर्ती फुटि सक्यो , भाग हिड चाडो, र फ्याउरो पनि भाग्न थाल्यो । भालूले देख्यो तब सोच्यो कि के भइरहेको छ  भाई, जंगल एक तर्फबाट खाली हुँदै गइरहेको छ सोध्यो तब फ्याउरोले भन्यो (अरे भाई भालू, यो धर्ती फुटि सक्यो, भाग। भालू पनि भाग्न थाल्यो । हात्तीले देख्यो तब सोध्यो (भाई के भइरहेको छ रु भालूले भन्यो(धर्ती फुट्यो भाग। हात्ती पनि भाग्न थाल्यो, सबै जंगलका जनावर भाग्न थाले । यो देखेर सिंहले सोच्यो के भइरहेछ जंगलमा, म जंगलको राजा हुँ ।  जंगलको सबै समस्याहरु मेरो सामने आउछन् तर आज सारा जंगलका जनावर एक तर्फ भाग्दै गइरहेका छन् (यो कै भइरहेको छ  रु

उसले कयौ जानवरहरुलाई रोकेर सोधे तब सबैले भने बादशाह, धर्ती फुटि सक्यो , भाग। सिंहले विचार गरे कि यदि धर्ती फुटे यी मानिस कसमाथि भागिरहेका छन् । उसले भन्यो (भाई हात्ती, यदि धर्ती फुटेको भए तिमि धर्तीमा मिल्नु पर्ने थियो तिमि कसमाथि भागी रहेका छौ रु धर्ती कहाँ फुट्यो रु हात्तीले भन्यो, मलाई थाहा छैन मलाई भालुले भन्यो उसैलाई सोध्नुहोस। भालुसँथ सोध्दा भन्यो फ्याउरोलाई थाहा छ। फ्याउरोलाई सोध्दा भन्यो मलाई भाहा छैन खरायोलाई सोध ।

खरायोलाई सोध्दा तब खरायोले भन्यो म रुखको तल सुतिरहेको थिए तब धमाका भयो र धर्ती फुट्यो । सिंहले भन्यो (जब धर्ती फुट्यो तब तिमिहरु  धर्तीमाथि सही सलामत कसरी छौ । हिड जहाँ धमाका भएको छ त्यहाँ । जब सबै जानवर त्यहाँ पुगे तब के देख कि जहाँ खरायो सुतिरहेको थियो त्यसको नजीक एक बेलको फल फुटेको थियो र र त्यहि आवाजबाट नै खरायोले सोच्यो धर्ती फुट्यो ।

यही हालत आज संसारका मानिसहरुको छ । परम्पराहरुको पछि, तीर्थहरुको पछि भागिरहेका छन् तर कसैले पनि यो सोध्दैन कि तीर्थ महान किन भयो । यो परम्पराहरू कसरी चल्यो, सबै लकीरका फकीर बनेका छन् ।



मङ्गलबार १०, भदौ २०७६ १०:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal