विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोली मैत्रीपूर्ण खेलमा पराजित

Yugnepal     719 पटक पढिएको    

विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोली मैत्रीपूर्ण खेलमा पराजित

काठमाडौं । विश्वकप छनोटका लागि तयारी गरिरहेको नेपाली राष्ट्रिय फुटबल टिम मैत्रीपूर्ण खेलमा मलेसियाली क्लबसंग पराजित भएको छ ।

सोमबार राति मलेसियन लिग च्याम्पियन जोहोर साउदर्न टाइगर्ससँग भएको मैत्रीपूर्ण खेलमा नेपाल १–० गोल अन्तरले पराजित भएको हो ।

पहिलो पटक सुजल श्रेष्ठको कप्तानीमा मलेसियाको मैदानमा उत्रिएको नेपालले तेस्रो मिनेटमै गोल खाएको थियो । निकोलस अवर्टोले गोल गरेका थिए ।

कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकप अन्तर्गत एसियाको दोस्रो चरणको छनोटको तयारीका लागि नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण फुटबल खेलेको हो ।

विश्वकप छनोटमा नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेइ रहेका छन् । नेपालले पहिलो छनोट कुवेतसंग भदौ १९ गते कुवेतमा खेल्नेछ ।



मङ्गलबार १०, भदौ २०७६ १०:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.