उपाधिका लागि सैनिक आवासिय र थ्रीस्टार भिड्ने

खेलकुद

Yugnepal     996 पटक पढिएको    

उपाधिका लागि सैनिक आवासिय र थ्रीस्टार भिड्ने

उपाधिका लागि सैनिक आवासिय र थ्रीस्टार भिड्ने

धनगढीमा जारी लिटिल फ्लावर सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि सैनिक आवासिय महाविद्यालय अत्तरिया र थ्रीस्टार बोर्डिङ स्कुल भिड्ने भएका छन् । आज भएका सेमिफाईनलमा जित हात पार्दै दुवै टोली उपाधिका लागि भोली धनगढी रंगशालामा भिड्न लागेका हुन। फाईनल खेल दिउँसो २ बजे सुरु हुनेछ । 
पञ्चोदय मावि धनगढीलाई पराजित गर्दै सैनिक आवासीय महाविद्यालय अत्तरिया फाईनल प्रवेश गरेको छ । सैनिकलै पंञ्चोदयलाई २–० गोल अन्तरले पराजित गरेको हो । यस्तै थ्रीस्टारले ऐश्वर्य विद्या निकेतनलाई हराउँदै फाईनल पुगेको हो । थ्री स्टारले ऐश्वर्यलाई टाईव्रेकरमा ४–३ ले हराएको हो । 
लिटिल फ्लावर बोर्डिङ हाईस्कुल धनगढीको आयोजनामा जारी प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार उपविजेता टोलीले नगद १५ हजार सहित मेडल र ट्रफी पाउने भएका छन । 



शनिबार १८, फागुन २०७५ ०३:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.