विदेशी भूमिमा भारतको सबैभन्दा फराकिलो जित

Yugnepal     814 पटक पढिएको    

विदेशी भूमिमा भारतको सबैभन्दा फराकिलो जित

काठमाडौं । भारतले वेष्ट इन्डिजलाई पहिलो टेष्ट क्रिकेटमा ३१८ रनले हराएको छ । एन्टिगुवामा भएको खेलको चौथो दिनमै ४१९ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको वेष्ट इन्डिज १०० रनमै अलआउट भएको थियो । 


केमार कोचले सर्वाधिक ३८ रन बनाएको इनिङमा वेष्ट इन्डिज २६।५ ओभर मात्र क्रिजमा रहन सकेको थियो । 

जसप्रित बुमराहले ८ ओभरमा ४ मेडन राख्दै ७ रन खर्चिएर ५ विकेट लिए । इशान्त शर्माले ९।५ ओभरमा १ मेडन राख्दै ३१ रन खर्चिएर ३ विकेट लिए । 

मोहम्मद शामीले ५ ओभरमा ३ मेडन राख्दै १३ रन खर्चिएर २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङमा २९७ रन बनाएको थियो । 

अजिन्क्या रहानेले सर्वाधिक ८१ रन बनाएका थिए । जवाफमा वेष्ट इन्डिजले २२२ रन बनाएको थियो । 


दोस्रो इनिङमा भारतले अजिन्क्या रहानेको १०२ रन तथा हनुमा विहारीको ९३ रनको मद्धतमा ७ विकेटको नोक्सानीमा ३४३ रन बनाएर इनिङ टुंगाएको थियो । 

रहाने म्यान अफ द म्याच भए । यो जितपछि २ खेलको सिरिजमा भारतले १–० ले अग्रता बनाएको छ । 

आइसीसी वल्ड टेस्ट च्याम्पियनसिप अन्तर्गत भइरहेको खेलमा भारतले पनि विजयी सुरुआत गरेको हो ।

भारतको यो सबैभन्दा बढी अन्तरको जित हो विदेशी भूमिमा । समग्रमा भने चौथो ठूलो जित हो । 

यसअघि भारतले घरेलु मैदान दिल्लीमा दक्षिण अफ्रिकालाई सन् २०१५–१६ मा ३३७ रनले, न्यूजिल्याण्डलाई घरेलु मैदान इन्दोरमा सन् २०१६–१७ मा ३२१ रनले तथा अष्ट्रेलियालाई सन् २००८–९ मा ३२० रनले हराएको थियो ।



सोमबार ०९, भदौ २०७६ १०:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.