पोग्बाले डुबाए म्यानचेष्टर युनाइटेडलाई

Yugnepal     714 पटक पढिएको    

पोग्बाले डुबाए म्यानचेष्टर युनाइटेडलाई

 काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडले वुल्भरह्याम्टन वान्डेरर्ससंग बराबरी खेलेको छ । सोमबार राति भएको खेलमा युनाइटेडले उल्भ्ससंग १–१ गोलको बराबरी खेलेको हो ।


पाउल पोग्बाले दोस्रो हाफमा पाएको पेनाल्टीलाई गोलमा बदल्न नसकेपछि युनाइटेडले दुई अंक खेर फालेको हो । ६८ औं मिनेटमा पोग्बाले हानेको पेनाल्टीलाई रुई पेट्रिसियोले बचाएका थिए । 


 उल्भ्सको मैदानमा भएको खेलमा अग्रता पाहुना टोली युनाइडले २७ औं मिनेटमा लिएको थियो । एन्थोनी मार्टियलले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।


दोस्रो हाफमा घरेलु टोली खेलमा फर्कियो । रुवेन निभेसले ५५ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।


अंकतालिका 
 लिभरपुल र आर्सनलले मात्र सत्प्रतिशत खेलेका छन् । दुवैको ६ अंक छ । 

म्यान्चेस्टर सिटी, म्यानचेष्टर युनाइटेड, ब्राइटन, टोटनह्याम, बर्नमाउथ, शेफिल्ड र एभर्टनको ४–४ अंक छ । बर्नली र नर्विच सिटीको ३–३ अंक छ । 


लेस्टर सिटी र उल्भ्सको २–२ अंक छ । क्रिस्टल प्यालेस, चेल्सी र वेष्टह्यामको समान १–१ अंक छ । 

एस्टन भिल्ला, न्युकासल युनाइटेड, साउथह्याम्पटन र वाट्फोर्ड अंकविहीन छन् । 



मङ्गलबार ०३, भदौ २०७६ ०२:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.