फ्रान्क लाम्पार्डले घरेलु मैदानमा पनि जिताउन सकेनन् चेल्सीलाई

Yugnepal     724 पटक पढिएको    

फ्रान्क लाम्पार्डले घरेलु मैदानमा पनि जिताउन सकेनन् चेल्सीलाई

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार क्लब चेल्सीले अहिलेसम्म जारी सिजनमा तीन अंक हासिल गर्न सकेको छैन । हारबाट सिजन थालेको चेल्सीले दोस्रो खेलमा घरेलु मैदानमै पनि  बराबरीमात्र खेल्न सक्यो । 


स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा चेल्सी लेष्टर सिटीसँग १–१ गोलको बराबरीमा रोकिएको हो । पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा चेल्सीले महत्वपूर्ण दुई अंक गुमाएको हो । 


खेलको सातौं मिनेटमा मासोन माउन्टले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । 


६७ औं मिनेटमा लेष्टरका लागि वेलफ्रेड एनडीडीले कर्नर बलमा हेड गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । 


नयाँ मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डले चेल्सीलाई जिताउन नसक्दा उनको अनुभव खड्किएको अड्कल गर्न थालिएको छ । 


पहिलो खेलमा चेल्सी म्यान्चेस्टर युनाइटेडसंग ४–० ले पराजित भएको थियो । 

आइतबार रातिको अर्को खेलमा शेफिल्ड युनाइटेडले क्रिस्टल प्यालेसलाई हराएको छ । घरेलु मैदानमा शेफिल्ड १–० गोल अन्तरले विजयी भयो । जोन लंगस्ट्रामले निर्णायक गोल गरेका हुन् । 

अंकतालिका 
अंक तालिकामा चेल्सी १९ औं बाट १५ औं स्थानमा आइपुगेको छ । चेल्सीसहित वुल्भर, क्रिस्टल, चेल्सी र वेष्टह्यामको समान १–१ अंक छ । 

अिलहेसम्म न्युकासल, साउथह्याम्पटन र वाट्फोर्ड अंकविहीन छन् । 


लेस्टरले लगातार दोस्रो बराबरी गरेर २ अंकसहित १२ औं स्थानमा छ । लभरपुल र आर्सनलले मात्र सत्प्रतिशत खेलेका छन् । दुवैको ६ अंक छ । 

म्यान्चेस्टर सिटी, ब्राइटन, टोटनह्याम, बर्नमाउथ, शेफिल्ड र एभर्टनको ४–४ अंक छ । म्यान्चेस्टर युनाइटेड ९१ खेलबाट०, बर्नली र नर्विच सिटीको ३–३ अंक छ । 

सोमबार रातिको खेल

दोस्रो चरणको अन्तिम खेलमा सोमबार राति १२ः४५ बजे वुल्भरले म्यान्चेस्टर युनाइटेडसंग घरेलु मैदानमा खेल्दैछ । 



सोमबार ०२, भदौ २०७६ ११:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.