ब्रेण्डन म्याक्कुलम कोलकाता नाइट राईडर्सको मुख्य प्रशिक्षक

Yugnepal     1190 पटक पढिएको    

ब्रेण्डन म्याक्कुलम कोलकाता नाइट राईडर्सको मुख्य प्रशिक्षक

 


काठमाडौं । ब्रेण्डन म्याक्कुलम इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेट टिम कोलकाता नाइट राईडर्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

कोलकाताले बिहीबार न्युजिल्याण्डका पूर्व क्रिकेटर म्याक्कुलमलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो  ।

न्युजिल्याण्डका पूर्व कप्तान३७ वर्षे म्याक्कुलम कोलकाताका पूर्व खेलाडीसमेत हुन् । उनले सन् २००८ देखि १० सम्म तथा २०१३ र १३ को गरी पाँच सिजन कोलकाताबाट खेलेका थिए  ।    

मुख्य प्रशिक्षक नियुक्त भएपछि म्याक्कुलमले प्रशिक्षकको जिम्मेवारी पाउदा गौरव महसुस भएको बताए ।

उनलाई दक्षिण अफ्रिकाका प्रशिक्षक ज्याक कालिसको स्थानमा ल्याइएको हो ।

यस्तै कोलकाताले सिमोन कटीचलाई सहायक प्रशिक्षक नियुक्त गरेको छ ।

 



शुक्रबार ३१, साउन २०७६ १०:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.