म्यान्चेस्टर सिटीलाई फिफाले लगायो जरिवाना

Yugnepal     686 पटक पढिएको    

म्यान्चेस्टर सिटीलाई फिफाले लगायो जरिवाना

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले इंगलिश प्रिमियर लिग च्याम्पियन म्यान्चेस्टर सिटीलाई जरिवाना गरेको छ ।

ट्रान्सफर जोन अन्तर्गत युवा खेलाडी अनुबन्ध गर्दा फिफाको नियम मिचेको भन्दै फिफाले सिटीलाई ३ लाख १५ हजार पाउन्ड जरिवाना गरेको हो ।


फिफाले सिटीले १८ वर्ष मुनिको खेलाडी अनुबन्धको नियम उल्लंघन गरेको जनाएको छ । अन्तर्राष्ट्रिय ट्रान्सफरमा १८ वर्ष माथिका खेलाडीले मात्र अनुमति पाउने फिफाको नियम रहेको छ ।

सिटी फिफाको प्रतिबन्धबाट भने जोगिएको छ । क्लबका अध्यक्ष खाल्दुन अल–मुबारकले यो समाचारले केही राहत दिएको बताएका छन् । 



बुधबार २९, साउन २०७६ ११:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.