च्याम्पियन्स लिग फुटबलको प्लेअफमा पुग्ने टोलीको टुंगो

Yugnepal     715 पटक पढिएको    

च्याम्पियन्स लिग फुटबलको प्लेअफमा पुग्ने टोलीको टुंगो

काठमाडौं । डच च्याम्पियन फुटबल क्लब आयाक्स च्याम्पियन्स लिग फुटबलको प्लेअफमा पुग्न सफल भएको छ ।

गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको आयाक्सले पीएओके थेसालोनिकी फुटबल क्लबलाई संघर्षपूर्ण तरिकाले पराजित गर्दै प्लेअफमा स्थान बनाएको हो । 

पछाडि परेको स्थितिलाई उल्टाउँदै दोस्रो लेगको खेलमा ३–२ गोल अन्तरको नतिजाका साथ जित निकालेको हो । यो जितले एग्रिगेटमा ५–४ को जित निकाल्न आयाक्स सफल भएको हो । 

आयाक्सले अब च्याम्पियन्स लिगको समुह चरणमा स्थान बनाउन अपोल निकोसियासंग प्रतिस्पर्धा गर्नेछ ।

यता, पोर्चुगिच क्लब एएफसी पोर्टो भने च्याम्पियन्स लिग छनोटबाट बाहिरिएको छ । रसियन क्लब एफसी क्रास्नोडारसंग अवे गोलका आधारमा पराजित हुँदै पोर्टो छनोटबाट बाहिरिएको हो ।


को को छानिए प्लेअफमा 
प्लेअफ समीकरण पूरा भएको छ । मंगलबार रातिको खेलपछि अन्तिम १२ मा पुग्ने टोलीको टुंगो लागेको हो ।

आयाक्स, एपोल निकोसिया, सीएफआर क्लुज, साल्भिया प्राग, एलएएसके, क्लब ब्राग, डाइनामो जाग्रेब, रोजेनबर्ग, ओलम्पियाकोस, क्रासान्डर एफसी, यंग ब्वाइज र कार्भाना जाभेदा एफके छानिएका छन् । 

होम एण्ड अवेका आधारमा हुने खेलहरु अगष्ट २० तारिखदेखि २८ तारिखसम्म हुनेछन् । 



बुधबार २९, साउन २०७६ १०:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.