चौतर्फी दबाबपछि अमेरिकाले सन्दिपलाई दियो भीसा

Yugnepal     771 पटक पढिएको    

चौतर्फी दबाबपछि अमेरिकाले सन्दिपलाई दियो भीसा

काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । सोमबार भीसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले चौतर्फी दबाब पछि मंगलबार नै भीसा दिएको हो ।  आउँदै गरेको सीपीएल क्रिकेट २०१९ मा भाग लिन अमेरिका जान लागेका सन्दीपलाई  सोमबार अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो ।

आफूलाई अमेरिकाले भीसा दिन अस्वीकार गरेको भनेर उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका थिए । त्यो ट्वीट पछि अमेरिका बिरुद्ध नै अनेकानेक धारणाहरु बाहिर आएको र चौतर्फी आलोचना भएपछि अमेरिकाले मंगलबार उनलाई भीसा दिएको हो ।

उनले सन् २०१६ देखि विभिन्न मुलुकमा विभिन्न प्रतियोगिताको लागि गइरहेको अवस्थामा सीपीएल खेल्न अमेरिका जाने अनुरोध अस्वीकृत भएकोमा आश्चर्य व्यक्त गरेका छन् । तर, मंगलबार नै उनले आफूलाई फेरि दूताबासले भीजा दिएको बताएका छन् । 

उनले गरेको ट्वीटमा प्रधानमन्त्री,परराष्ट्रमन्त्री, अमेरिकी दूतावासलगायत सम्बन्धित सबै पक्षलाई मेन्सन गरेर ध्यानाकर्षण पनि गराएका थिए । 



मङ्गलबार २८, साउन २०७६ ०३:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.