सोमपाल कामीको हक्स बन्यो ग्लोबल टी–२० च्याम्पियन, यस्तो भयो सोमपालको यात्रा

Yugnepal     680 पटक पढिएको    

सोमपाल कामीको हक्स बन्यो ग्लोबल टी–२० च्याम्पियन, यस्तो भयो सोमपालको यात्रा

काठमाडौं । नेपाली अलराउण्डर खेलाडी सोमपाल कामी रहेको वेनिपेग हक्सले क्यानडामा सम्पन्न ग्लोबल टी–२० क्रिकेटको उपाधि जित्न सफल भएको छ ।

आइतबार राति भएको फाइनल खेलमा भ्यानकुभर नाइट्सलाई सुपर ओभरको खेलमा पराजित गर्दै हक्स च्याम्पियन भएको हो ।

१९३ रनको लक्ष्य पछ्याएको डिफेन्डिङ च्याम्पियन भ्यानकुभरले ६ विकेटको नोक्सानीमा १९२ रन बनाएको थियो । कप्तान सोयब मल्लिकले ६४ रन बनाए । आन्द्रे रसेलले नटआउट ४६ रन बनाए । 

यसअघि पहिले ब्याटिङ गरेको हक्सले निर्धारित ओभरमा ८ विकेट गुमाएर १९२ रन बनाएको थियो । साइमन अनवरले ४५ बलमा ९० रन बनाएका थिए । क्रिस लेनले ३७ रन बनाएका थिए । आन्द्रे रसेलले ४ विकेट लिएका थिए । 

निर्णय सुपर ओभरमा
निर्धारित ओभरको खेल बराबरीमा सकिएपछि निर्णय सुपर ओभरको आधारमा गरिएको थियो । 

सुपर ओभरमा हक्सले बाजी मारेको थियो ।

भ्यानकुभरले पहिले ब्याटिङ गर्दै सुपर ओभरमा २ विकेटको नोक्सानीमा ९ रन मात्र बनायो । १० रनको लक्ष्य हक्सले अन्तिम बलमा चार रन बनाएरै पूरा गरेको थियो । 

सोमपालको ग्लोबल टी–२० 

सोमपालले पहिलो पटक ग्लोबल टी–२० खेल्न पाए । डेब्यु खेलमा विकेट लिन नसकेपछि उनलाई हक्सले फेरि बलिङका लागि मैदानमा उतारेन । 

उनले फिल्डिङ भने गर्न पाएका थिए । सब्सिच्युट खेलाडीका रुपमा फिल्डिङ गर्दै क्याच लिनुका साथै रन बचाए पनि उनको पहिलो पटक विदेशी फ्रेन्चाईज लिग सफल हुन सकेन । 

तर उनले ठूलो प्रतियोगितामा अनुभव भने बटुलेका छन् । 



सोमबार २७, साउन २०७६ १०:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.