इंगलिश प्रिमियर लिगमा अहिलेसम्म के के भयो, आइतबार के हुँदैछ  ?

Yugnepal     736 पटक पढिएको    

इंगलिश प्रिमियर लिगमा अहिलेसम्म के के भयो, आइतबार के हुँदैछ  ?

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलको नयाँ सिजन शुक्रबार रातिदेखि सुरु भएको छ । 

अहिलेसम्म ७ खेल भइसकेका छन् । पहिलो खेलमा लिभरपुलले नर्विच सिटीलाई ४–१ गोल अन्तरले हरायो । 

दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीले वेष्ट ह्याम युनाइटेडलाई ५–० गोल अन्तरले हरायो । रहिम स्टर्लिङले ह्याट्रिक गरे । 

तेस्रो खेलमा बर्नमाउथले शेफिल्ड युनाइटेडसंग १–१ गोलको बराबरी खेल्यो । बर्नमाउथका क्रिस मेप्हामले ६२ औं मिनेटमा र शेफिल्डका बिली शार्पले ८८ औं मिनेटमा गोल गरे । 


चौथो खेलमा बर्नलीले साउथ ह्याम्पटनलाई ३–० गोल अन्तरले हरायो । एस्ले बार्नेसले २ तथा जोहान गुडमुन्डसनले १ गोल गरे । 

पाँचौं खेलमा क्रिस्टल प्यालेस र एभर्टनले गोलरहित बराबरी खेले । छैटौं खेलमा वाटफोर्डले घरेलु मैदानमा ब्राइटनसंग ३–० गोलको हार बेहोरेको छ । 

सातौं खेलमा टोटनह्याम हटसपरले एस्टन भिल्लालाई ३–१ गोल अन्तरले हरायो । घरेलु मैदानमा टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले २ गोल गरे भने ट्याङ्गे एनडोम्बेलेले १ गोल गरे । 

भ्लनबिलम अबउतबष्ल ज्बचचथ प्बलभ कअयचभम तधय बितभ नयबकि तय अयmउभितभ ब अयmभदबअप खष्अतयचथ ायच त्यततभलजबm बनबष्लकत ब्कतयल ख्ष्ििब

एस्टनका जोन म्याकगिनले १ गोल गरे । 

आइतबार ३ खेल हुँदै 

६ः४५ बजे लेस्टर सिटीले वुल्भरह्याम्पटनसंग र न्युकासल युनाइटेडले घरेलु मैदानमा आर्सनलसंग खेल्नेछ । 

पहिलो चरणको सबैभन्दा आकर्षक खेलका रुपमा राति ९ः१५ बजे म्यान्चेस्टर युनाइटेडले घरेलु मैदानमा चेल्सीसंग खेल्दैछ । 

अंकतालिका
म्यान्चेस्टर सिटी, लिभरपुल, ब्राइटन, बर्नली र टोटनह्याम ३ अंकसहित क्रमशः पहिलोदेखि पाँचौं स्थानमा छन् । 

बर्नमाउथ, शेफिल्ड, क्रिस्टल र एभर्टन १–१ अंकसहित छैटौंदेखि नवौं स्थानसम्म छन् । 

पराजित भएका एस्टन, नर्विच, साउथह्याम्पटन, वाट्फोर्ड र वेष्ट ह्याम १६ औं देखि २० औं स्थानमा छन् । 



आइतबार २६, साउन २०७६ ११:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.