भारतको सपना चकनाचुर, गेलले रचे कीर्तिमान

Yugnepal     646 पटक पढिएको    

भारतको सपना चकनाचुर, गेलले रचे कीर्तिमान


काठमाडौं । भारत र वेष्ट इन्डिज बीचको पहिलो एक दिवसीय क्रिकेट खेल वर्षाले रद्द भएको छ । गुयनामा बिहीबार राति हुनुपर्ने खेल वर्षाका कारण १३ ओभर मात्र खेल्न सम्भव भएको थियो ।
पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले १३ ओभर खेल्दा १ विकेटको नोक्सानीमा ५४ रन बनायो ।

यो सिरिजबाट सन्यास लिने घोषणा गरेका क्रिस गेलले ३१ बलमा ४ रन मात्र बनाए । उनी कुलदिप यादवको बलमा आउट भएका हुन् ।

गेल वेष्ट इन्डिजका लागि सबैभन्दा बढी एक दिवसीय खेल्ने पहिलो खेलाडी बनेका छन् । उनले २९६ एक दिवसीय खेले ।

गेलले ब्रायन लाराको रेकर्ड तोडेका हुन् । खेलमा एभिन लुइसले नटआउट ४० र शाइ होपले नटआउट ६ रन बनाए ।

तीन खेलको सिरिजको दोस्रो खेल आइतबार हुनेछ । यसअघि टी–२० सिरिज जितेको भारत उत्साहित छ ।



शुक्रबार २४, साउन २०७६ ०४:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.