एलक्लासिको भिडन्तमा रियाल मड्रिड निरीह, बार्सिलोना पुग्यो कोपा डेल रेको फाइनलमा

खेलकुद

Yugnepal     1266 पटक पढिएको    

एलक्लासिको भिडन्तमा रियाल मड्रिड निरीह, बार्सिलोना पुग्यो कोपा डेल रेको फाइनलमा

एलक्लासिको भिडन्तमा रियाल मड्रिड निरीह, बार्सिलोना पुग्यो कोपा डेल रेको फाइनलमा 


काठमाडौं । एलक्लासिको फुटबल भिडन्तमा बार्सिलोलानले शानदार प्रदर्शन गरेको छ । स्पेनिश कोपा डेल रे भिडन्तमा बार्सिलोनाले रियाल मड्रिडलाई हराएर फाइनलमा पुगेको हो । 

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल मड्रिडलाई ३–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले फाइनलमा स्थान बनाएको हो ।

त्जभ भखभलष्लन दभअबmभ झदबचचबककष्लन ायच च्भब िःबमचष्म धजभल अभलतचब िमभाभलमभच च्बउजबभ िख्बचबलभ कअयचभम बल यधल नयब
ि
पहिलो लेगमा १–१ को बराबरी खेलेको बार्सिलोनाले दोस्रो लेगमा शानदार खेलेको हो । बार्सिलोनालाई रियालकै मैदानमा पराजित गर्न लुइस स्वारेजले दुई गोल गरे । 


एक गोल भने रियालले आत्मघाती गरेको हो । राफायल भरानेले आत्मघाती गोल गरेका हुन् । 


समग्रमा ४–१ को जितसहित फाइनलमा पुगेको बार्सिलोनाले पहिलो हाफ गोलरहित बराबरीमा खेले पनि दोस्रो हाफमा आकर्षक खेल्यो । 


खेलको ५० औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । 

खेलको ६९ औं मिनेटमा भरानेले आत्मघाती गोल गर्दा बार्सिलोना २–० ले अग्रता बनाउन सफल रह्यो ।  

त्यसपछि खेलको ७३ औं मिनेटमा स्वारेजले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई फाइनलमा पुर्याए । 


घरेलु मैदानमै रियालको यो हारले टोलीको मनोबल घटेको छ । 

अब बार्सिलोनाले उपाधिका लागि भ्यालेन्सिया र रियाल बेटिस बीचको विजेतासंग फाइनलमा खेल्नेछ ।



बिहिबार १६, फागुन २०७५ ०९:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.