अन्तत जितायो बल टेम्परम्यानले

Yugnepal     733 पटक पढिएको    

अन्तत जितायो बल टेम्परम्यानले

काठमाडौं । आइसीसीको पहिलो टेष्ट च्याम्पियनसिप क्रिकेट प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा अष्ट्रेलियाले इंगल्याण्डलाई फराकिलो अन्तरले हराएको छ । 

एसेज सिरिज अन्तर्गतको बर्मिंघममा भएको पहिलो खेलमा इंगल्याण्ड २५१ रले पराजित भएको हो । अन्तिम दिन सोमबार ३९८ रनको विजयी लक्ष्य पछ्याएको इंगल्याण्डले विकेट टिकाउन नसकेर ५२।३ ओभरको सामना गर्दै अलआउट हुनुपूर्व १४६ रनमै अलआउट भयो । 


क्रिस वोक्सले सर्वाधिक ३७ रन बनाएको इनिङमा जासन रोय र जो रुटले २८–२८ रन बनाए । नाथल लियोंले ६ तथा प्याट कमिन्सले ४ विकेट लिए ।

यसअघि अष्ट्रेलियाले पहिलो इनिङमा २८४ र दोस्रो इनिङमा ७ विकेटको नोक्सानीमा ४८७ रन बनाएर इनिङ समाप्त गरेको थियो । 

इंगल्याण्डले पहिलो इनिङमा  ३७४ रन बनाएर ९० रनको अग्रता बनाएको थियो । 


बल टेम्परम्यानको शानदार खेल
यो खेल स्टिभ स्मिथको नाममा रह्यो । बल टेम्परिङको कालो दाग लागेपछि निलम्बनमा परेर फुकुवा भएपछिको पहिलो खेलमा अष्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथले स्मरणीय खेल पस्केका हुन् । 

उनले पहिलो इनिङमा १४४ रनको योगदान दिए भने दोस्रो इनिङमा १४२ रन बनाए । म्यान अफ द म्याच बनेका स्मिथको ब्याट्ले मात्र २८६ रन बनाएको थियो । 

उनी विश्व टेष्ट च्याम्पियनसिपमा पहिलो शतक बनाउने पहिलो ब्याट्सम्यान बने । त्यसमाथि अर्को कीर्तिमान पनि थपियो कि एकै खेलमा लगातार दुई सतकको कीर्तिमान ।  

त्यस्तै टेष्ट च्याम्पियनसिपमा अहिलेसम्म एक खेलमा २८६ रनको कीर्तिमान । उनले अष्ट्रेलियाको पहिलो इनिङमा अरु कसैले जोड्न नसकेको २ छक्का पनि हाने । अचम्म दोस्रो इनिङमा एक छक्का पनि हानेनन् ।


दक्षिण अफ्रीका विरुद्धको खेलमा बेल टेम्परिङको आरोपमा एक बर्षे प्रतिबन्धपछि पहिलो टेष्ट खेलेका स्मिथले पहिलो खेलमै दुई शतक बनाएका हुन् । 

के हो टेष्ट च्याम्पियनसिप रु 

टेष्ट च्याम्पियनसिप क्रिकेट प्रतियोगितालाई टेष्ट क्रिकेटको विश्वकप मानिन्छ । यो प्रतियोगितामा ९ टिम छन् । दुई वर्षमा यो प्रतियोगिता पूरा हुनेछ । 


त्यसअन्तर्गत एसेज सिरिज भइरहेको हो । जहाँ ५ टेष्ट खेल खेलिने छ । नियमानुसार कम्तीमा २ र बढीमा ५ टेष्ट खेल्नुपर्नेछ । 



मङ्गलबार २१, साउन २०७६ ११:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.