मेस्सीको बार्सिलोनाले हरायो आर्सनललाई

Yugnepal     724 पटक पढिएको    

मेस्सीको बार्सिलोनाले हरायो आर्सनललाई

काठमाडौं । प्रिसिजन मैत्रीपूर्ण फुटबल खेलमा स्पेनिश क्लब बार्सिलोनाले इंगलिश क्लब आर्सनललाई हराएको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले आर्सनललाई २–१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा खेलेको बार्सिलोना खेलको ३६ औं मिनेटमा पछि परेको थियो । पिरे एम्रिक अबुमियाङले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । 

आइन्सले मैटल्याण्ड नाईल्सको आत्मघाती गोलमा ६९ औं मिनेटमा बार्सिलोनाले १–१ को बराबरी गर्यो ।


इन्जुरी समयमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई जिताए ।

यो खेलमा बार्सिलोनाका कप्तान लियोनल मेस्सी नखेले पनि उनले आफ्ना फ्यानहरुलाई अभिभादन गर्न भने चुकेनन् । 



सोमबार २०, साउन २०७६ १२:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.