प्रशिक्षक पेप ग्वार्डियोलालाई पहेंलो कार्ड

Yugnepal     709 पटक पढिएको    

प्रशिक्षक पेप ग्वार्डियोलालाई पहेंलो कार्ड

काठमाडौं । कम्युनिटी शिल्ड फुटबलको उपाधि म्यानचेष्टर सिटीले जितेको छ । आइतबार राति भएको खेलमा लिभरपुललाई टाइब्रेकरमा पराजित गर्दै सिटीले सिजनको पहिलो उपाधि जितेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा गरिएको थियो । टाइब्रेकरमा सिटी ५–४ गोल अन्तरमा जित निकाल्न सफल भयो ।

नियमित समयको १२ औं मिनेटमा लिभरपुलका पूर्व खेलाडी रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ७७ औं मिनेटमा माटिपले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

नयाँ सिजन सुरु हुनुभन्दा अघि गत सिजनको प्रिमियर लिगको विजेता सिटी र च्याम्पियन्स लिगको विजेता लिभरपुल कम्युनिटी शिल्डको उपाधिका लागि भिडेका हुन् । 

निर्धारित समय भने निकै रोमाञ्चक भएको थियो । गत सिजनमा सिटी उपाधि विजेता बन्दा लिभरपुल उपविजेता भएको थियो । 

यो खेलमा प्रशिक्षक पेप ग्वार्डियोलाले पहेंलो कार्ड पाए । उनी पहेलो कार्ड पाउने पहिलो प्रिमियर लिग प्रशिक्षक पनि बनेका छन् । 



सोमबार २०, साउन २०७६ १२:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.