धोनीले के के गर्दैछन् सेनामा

Yugnepal     673 पटक पढिएको    

धोनीले के के गर्दैछन् सेनामा

काठमाडौं । भारतीय क्रिकेट खेलाडी महेन्द्र सिंह धोनी खेल्न छाडेर दुई महिना भारतीय सेनामा आफ्नो अभ्यास गरिरहेका छन् । 

पूर्व कप्तान एवं सेनाका लेफ्टिनेन्ट कर्नेल धोनीे बुधबार कश्मीरको आतंकवाद विरोधी युनिटमा पहिलो पटक तैनाथ हुनेछन् । 

उनी पारा कमान्डोको बटालियनमा १५ दिन ड्युटी गर्नेछन् । 

१५ अगष्टको कार्यक्रम पनि उनले त्यहीं मनाउने छन् । त्यसपछि उनी तालिमका लागि बैंगलुरु जानेछन् । 

आतंकवादग्रस्त क्षेत्रमा धोनीलाई १९ किलोग्रामको वजन रहेको सामान लिएर हिँड्नु पर्नेछ । 

१९ किलो सामान अन्तर्गत ३ म्यागजिन ५ किलो, बर्दी ३ किलो, जुत्ता २ किलो, ३ देखि ६ वटा ग्रेनेड ४ किलो, हेलमेट १ किलो, बुलेट प्रुफ ज्याकेट ४ किलो हुनेछ । 

पारा कमान्डो बटालियन मिलिजुली सैनिकको युनिट हो । यो बटालियनमा देशका हर इलाकाबाट आएका करिब ७०० सैनिक बस्छन् । 

यसमा गोर्खा, सिख, राजपूत, जाट जस्ता सबै रेजिमेन्टका सैनिकहरु सामेल रहेका छन् । त्यहाँ धोनीले दिन रात दुवै सिफ्टमा काम गर्नेछन् । 

उनी अफिसर्सको मेसमा बस्नुको सट्टा ५०–६० सैनिक संगसंगै रहने छन् । यो धोनीको चाहनामा भएको हो । खाने, बस्ने, नुहाउने सामान्य सैनिक जस्तै हुनेछ । 

धोनीलाई सन् २०११ मा सेनाको जागिर मिलेको हो । 



बुधबार १५, साउन २०७६ ०१:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.