पहिलोपटक आयोजना हुँदै वर्ल्ड टेस्ट च्याम्पियनशीप

Yugnepal     779 पटक पढिएको    

पहिलोपटक आयोजना हुँदै वर्ल्ड टेस्ट च्याम्पियनशीप

काठमाडौं । विश्व टेस्ट च्याम्पियनशीपको घोषणा भएको छ । यसअनुसार पहिलो टेस्ट अगष्ट १ बाट शुरु हुनेछ । पहिलो सिरिजमा इंगल्याण्ड र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ ।  यो सिरिज एशेज सिरिजमा पनि पर्नेछ । त्यसपछि भारत–वेस्टइन्डिज र न्युजिल्याण्ड–श्रीलंकाको बीचमा खेल हुनेछ ।

विश्व टेस्ट च्याम्पियनशीपमा विश्वका ९ देशले भाग लिनेछन् । जसमा अष्ट्रेलिया बंगलादेश, इंगल्याण्ड, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण, श्रीलंका र वेस्ट इन्डिज रहेका छन् । यसमा आयरल्याण्ड जिम्बाबे र अफगानिस्तान भने सहभागी हुने छैनन् । प्रतियोगिताअन्तर्गत २२ महीनामा १४४ टेस्ट हुनेछ ।
 
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी०को यो योजना सन् २००९ मा आएको थियो । सन् २०१० मा यसका लागि स्वीकृति प्रदान गरिएको थियो । आईसीसीले सन् २०१३ मा यसको शुरुवात गर्ने बताएको थियो । तर, त्यो सम्भव भएन । सन् २०१७ मा पुनः यसको शुरुवात गर्ने बताइएको थियो । तर, फेरि पनि तालिका अनुसार प्रतियोगिता हुन सकेको थिएन ।

वर्ल्ड च्याम्पियनशीपमा सबै टोलीले ६ सिरिज खेल्नेछन् । यसमा तीन सिरिज घरेलु र तीन सिरिज विदेशी जमिनमा हुनेछ । एक सिरिजमा कम्तीमा दुई र बढीमा ५ टेस्ट हुनेछ । राउण्ड लिग सकिएपछि इंगल्याण्डमा यसको फाइनल खेल खलाइनेछ ।



मङ्गलबार १४, साउन २०७६ ०१:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.