सोमपाल कामीको टिमले हरायो सन्दीप लामिछानेको टिमलाई

Yugnepal     692 पटक पढिएको    

सोमपाल कामीको टिमले हरायो सन्दीप लामिछानेको टिमलाई

काठमाडौं । क्यानाडामा जारी ग्लोबल टी–२० क्रिकेट लिगमा नेपाली खेलाडी सोमपाल कामीको टोलीले सन्दीप लामिछानेको टिमलाई पराजित गरेको छ । 

सोमपालको टिम विनिपेग हक्सले सन्दीपको टोरन्टो नेशनल्सलाई ३ विकेटले पराजित गर्न  पराजित भएको छ ।

मंगलबार बिहान भएको खेलमा हक्स ३ विकेटले विजयी भएको हो । पहिले व्याटिङ गरेको टोरन्टोले २० ओभरमा ७ विकेटको नोक्सानीमा २१६ रन बनायो ।

रोड्रिगो थोमसले ६५, कायरन पोलार्डले ५२ तथा कप्तान युवराज सिंहले ४५ रन बनाएका थिए । 

काइरन पोलार्डले ४ विकेट लिए । फराकिलो लक्ष्य पछ्याए पनि हक्सले अन्तिम बलमा ७ विकेटको नोक्सानीमा पुरा गर्न सफल भयो ।

ओपनर क्रिश लिनले ४८ बलमा ८९ रन बनाए । त्यस्तै सनी सोहलले २७ बलमा ५८ रन बनाए । 

सल्मान नजर र क्रिस ग्रिनले २–२ विकेट लिए । 

अंक तालिका 

लिगको अंक तालिका ब्राम्टन वुल्भस् २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा रहेको छ । हक्स ३ खेलबाट २ जितसहित ४ अंकबाट दोस्रो स्थानमा छ । 

भ्यानकभर नाइट्स ३ खेलबाट १ जित र १ बराबरीसहित तेस्रो तथा समान अंकबाटै मोन्ट्रियल टाइगर्स चौथो स्थानमा छ । 

टोरन्टो ३ खेलबाट १ जितसहित पाँचौ स्थानमा छ भने एड्मन्टन रोयल्स २ खेलबाट अंकविहिन हुँदै पुछारमा छ । 

सोमपाल–सन्दीप अझै पुगेनन् मैदानमा
आपसी क्लब भिडन्तमा सोमपाल र सन्दीपले खेल्न पाएनन् । 

सोमपाल र सन्दीप सिंगापुरमा टी–२० विश्वकप छनोट सकाएर आइतबार राति क्यानडा पुगेका थिए । जसले गर्दा खेल्न पाएनन् । 

सोमपाल र सन्दीपले सिंगापुरमा पनि राम्रो छाप छाड्न सकेनन् । र नेपाल बाहिरियो । 

सन्दीपले गत सिजन पनि क्यानाडामा खेलेका थिए भने सोमपाल पहिलो पटक छानिएका हुन् । यसपटक सोमपाल खेलेर फर्कन्छन् कि अभ्यास मात्र गर्छन् त्यो भने अबका खेलबाट पत्तो लाग्नेछ । 



मङ्गलबार १४, साउन २०७६ ०१:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.