बाग्मतीमा धमाधम फालिँदैछ फोहोर,कारबाही खोइ

Yugnepal     1056 पटक पढिएको    

बाग्मतीमा धमाधम फालिँदैछ फोहोर,कारबाही खोइ

 

काठमाडौँ – स्वच्छ र सफा बाग्मती भन्ने नारा सहित बागमती सफाइ अभियान शुरु गरिएको वर्षौं बित्दा पनि बाग्मतीमा फोहोर फाल्ने क्रम भने रोकिएको छैन।

बाग्मती सफाइ अभियान अन्तर्गत हरेक शनिबार टनका टन फोहोर बाग्मतीबाट निकालिन्छ । तर, त्यसको श्रोतलाई भने बन्द गर्ने तर्फ कसैको ध्यान गएको पाइँदैन । बाग्मती सफाइ अभियानका नाममा हजारौँ रुपैयाँ हप्तैपिच्छे खर्च गरिन्छ।
तर, काठमाडौँकै कुलेश्वरमा भने सरेयाम बगिरहेको बाग्मतीमा फोहोर फालिँदै आएको छ । त्यहाँस्थित फलफूलको थोक तथा खुद्रा बजारमा फलफूलसँगै आएका फोहोर सिधै बाग्मतीमा फ्याँक्ने गरिएको छ।

केराका पात, स्याउ बेरेर ल्याइएको प्लास्टिकका खोल होस या ल्याउँदा ल्याउँदै कुहिएका फलफूल होस यी सबै बाग्मती मै फ्याँकिन्छ।

सरकार तथा अन्य विभिन्न निकाय बाग्मतीलाई पहिलाकै जस्तो स्वच्छ र सफा बनाउन लागिपरिरहेको बेलामा यहाँ यसरी फोहोर फाल्दासमेत कसैले चासो दिएका छैनन्।

सम्बन्धित निकाय देखेर पनि नदेखेझैँ गरी मौन बसिरहेको छ। यसरी हप्तैपिच्छे बाग्मती सफाइको नाममा हजारौँ रुपैयाँ खर्च गर्ने अनि फोहोर पनि फालिरहँदा बाग्मती सफाइ अभियान देखावटी मात्र भएको भान सर्वसाधारणले गर्न थालेका छन्।



सोमबार १३, साउन २०७६ ०३:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal