लिभरपुलको स्तव्धता  क्लोप भन्छन् – लिग सुरु भएपछि हामी फरक जनावर हुनेछौं

Yugnepal     874 पटक पढिएको    

लिभरपुलको स्तव्धता  क्लोप भन्छन् – लिग सुरु भएपछि हामी फरक जनावर हुनेछौं

 

काठमाडौं । गत सिजनको इंगलिश प्रिमियर लिग फुटबलमा उपाधि नजिक पुगेर पनि झर्न पुगेको लिभरपुल यसपटक पनि कत्तिको तयार भएर लिग खेल्छ त भन्नेमा प्रश्न उब्जिएको छ ।

प्रिसिजन टुर अन्तर्गतको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा लिभरपुल फराकिलो अन्तरले पराजित भएको छ ।

आइतबार राति भएको खेलमा लिभरपुल इटालियन क्लब नापोलीसँग ३–० गोल अन्तरले पराजित भएको हो ।


स्कटल्याण्डमा भएको खेलमा नापोलीलाई जित दिलाउन लोरेन्जो इन्सिग्ने, आर्काडुइज मिलिक र अमिन योनिसले एक एक गोल गरे ।


लिगको नयाँ सिजनको सुरु हुनुअघि लिभरपुल फर्ममा फकर्ने प्रयासमा रहेको छ । मुख्य प्रशिक्षक योर्गेन क्लोपले भने आफूहरु फरक जनावर भएको बताएका छन् । 

खेल सकिएपछि क्लोपले भने, ‘जब सिजन सुरु हुन्छ तब हामी फरक जनावर हुनेछौं ।’ मरेफिल्डमा भएको उक्त खेल ६५ हजार दर्शकले खेल हेरेका थिए । 



सोमबार १३, साउन २०७६ १०:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.