चेल्सी जित्दा आर्सनल पराजित

Yugnepal     702 पटक पढिएको    

चेल्सी जित्दा आर्सनल पराजित

 

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबल सुरु हुनुअघिको प्रिसिजन टुर अन्तर्गतको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा चेल्सी विजयी हुँदा आर्सनल पराजित भएको छ । 

आइतबार राति भएको खेलमा चेल्सीले च्याम्पियनसिप क्लब रिडिङलाई ४–३ गोल अन्तरले हराएको हो ।

रिडिङको मैदानमा चेल्सीलाई जिताउन मासोन माउण्टले दुई गोल गरे । यस्तै केनेडी र रोस बर्क्लीले १–१ गोल गरे ।


रिडिङका लागि जोश बारेट, माइकल मोरिसन र साम बाल्डोकले एक एक गोल गरे ।

यता, इमिरेट्स कपमा फ्रेन्च क्लब लियोंले आर्सनललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा खेलेको आर्सनलले ३५ औं मिनेटमा पिएरे एम्रिक आबुमियाङको गोलबाट सुरुवाती अग्रता बनाए पनि हार्न पुग्यो । 

लियोलाई जिताउन दुवै गोल मौसा डेम्बेलेले गरे । डेम्बेलेले ६६ औं र ७५ औं मिनेटमा गोल गरेका हुन्



सोमबार १३, साउन २०७६ १०:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.