ढल्यो पारस र ज्ञानेन्द्रको साझेदारी

Yugnepal     677 पटक पढिएको    

ढल्यो पारस र ज्ञानेन्द्रको साझेदारी

  

काठमाडौं । सिंगापुरमा जारी आइसीसी टी–२० विश्वकप छनोट क्रिकेट अन्तर्गत एसिया फाइनलको अन्तिम खेल जितका लागि नेपालले सिंगापुरबाट प्राप्त १९२ रनको विजयी लक्ष्य पछ्याइरहेको छ । 

बलिङमा चमत्कार गर्न नसकेको नेपालको भरोसा ब्याटिङमै अडेको छ । तर सुरुवात राम्रो गरे पनि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लबीचको साझेदारी ढलेको छ ।  

यसअघि नेपालले खेलेका तीन खेलमध्ये दुईमा जित निकालेको थियो । मलेसियालाई हराउँदा ज्ञानेन्द्रले कीर्तिमानी अर्धसतक बनाएका थिए भने कुवेतलाई हराउँदा पारसले कीर्तिमानी अर्धसतक बनाएका थिए । 

त्यही अपेक्षा सिंगापुर विरुद्धको खेलमा गरिएको भए पनि त्यसलाई भने पूरा गर्न सकेनन् । पारसले पहिलो ओभरमै १० रन बनाएका थिए । दोस्रो ओभरमा ज्ञानेन्द्र स्ट्राइकमा हुँदा १४ रन बनेको थियो । 

तर चौथो ओभरमा पारस व्यक्तिगत १२ रनमा आउट भए । 

यो खेलको विजेता टिम विश्वकपको ग्लोबल छनोटमा पुग्ने भएकाले निकै महत्वपूर्ण रहेको छ । इन्डियन एसोसियसन मैदानमा सिंगापुरले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १९१ रन बनायो । 

टिम डेभिडले सर्वाधिक ७७ रन बनाए । त्यसैगरी ओपनर रोहन रंगराजनले ४९ रन बनाए । 

विकेटकिपर ब्याट्सम्यान  मनप्रित सिंहले ४२ रन बनाए । नेपालका अविनाश बोहराले ३५ रन खर्चिएर ४ विकेट लिए । 

त्यसैगरी करण केसीले २ विकेट लिए । सन्दीप लामिछाने, सोमपाल कामी र बसन्त रेग्मी र शरद भेषवाकर विकेट विहीन बने । 

 हेड टु हेड

यसअघि नेपाल र सिङ्गापुर ९ पटक आमने सामने भएका छन् । जसमा ३ खेल तीन दिवसीय, २ टी–२० र ४ एक दिवसीय खेल रहेका छन् ।

नेपालमाथि सिंगापुरले कुनै पनि खेलमा पनि जित निकाल्न सकेको छैन । 



आइतबार १२, साउन २०७६ ०४:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.