पूर्व क्रिकेट कप्तान श्रेष्ठको ३६ वर्षमै निधन

Yugnepal     743 पटक पढिएको    

पूर्व क्रिकेट कप्तान श्रेष्ठको ३६ वर्षमै निधन

 

हेटौँडा । आठ महीनादेखि रक्त क्यान्सरको उपचार गराइरहेका मकवानपुर क्रिकेटका पूर्वकप्तान नीरज श्रेष्ठको निधन भएको छ । 

लामो समयदेखि नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको शहीद मेमोरियल अस्पताल काठमाडौँमा आइतबार बिहान निधन भएको क्रिकेट सङ्घ मकवानपुरका सचिव दीपेन्द्र ढकालले जानकारी दिए ।
 
 ३६ वर्षीय श्रेष्ठले मकवानपुरमा क्रिकेटको प्रवद्र्धनका लागि महत्वपूर्ण योगदान गरेका थिए ।

क्रिकेट सङ्घ मकवानपुरले एक शोक वक्तव्यमार्फत मकवानपुर क्रिकेट सङ्घका सदस्य एवं पूर्वकोषाध्यक्ष तथा मकवानपुरको पूर्वकप्तानसमेत रहेका श्रेष्ठको निधनले क्रिकेट क्षेत्रले आशलाग्दो युवा गुमाउनुपरेको जनाएको छ ।    
 
खेलकूद विकास समिति मकवानपुरका सचिव खुशराज दाहालले खेलाडी श्रेष्ठको निधन राष्ट्रको खेल क्षेत्रका लागि अपुरणीय क्षति भएको बताए । मृतक श्रेष्ठका आमा, बुबासहित श्रीमती र एक छोरा छन् ।     



आइतबार १२, साउन २०७६ १२:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2022
Anubhabi Technologies Pvt. Ltd.