नेपालको ग्लोबल छनोट पुग्ने सम्भावना कति

Yugnepal     700 पटक पढिएको    

नेपालको ग्लोबल छनोट पुग्ने सम्भावना कति

 

काठमाडौं,  । आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलका लागि नेपली राष्ट्रिय क्रिकेट टोली सिंगापुरमा रहेको छ । दोस्रो पटक टी–ट्वान्टी विश्वकप खेल्ने लक्ष्य सहित नेपाली टोलीले प्रतियोगितामा कडा मेहनत गरिरहेको छ ।

५ राष्ट्र सहभागी प्रतियोगितामा नेपालले खराब सुरुवात गरेको थियो । पहिलो खेलमा कमजोर मानिएको कतारसंग ४ विकेटले पराजित भएको थियो ।

प्रतियोगिताको शीर्ष टिम अघिल्लो चरणमा पुग्ने भएकाले पहिलो खेलको हारसंगै नेपाललाई धक्का लागेको छ ।

नेपाल प्रतियोगिताको एकल उपाधि दाबेदार रहेको धरैको बुझाई थियो । तर अनुमान विपरित नेपाल पहिलो खेलमा हारेपछि ठुलो झट्का महसुस भएको छ । यसले अन्य राष्ट्रको अघिल्लो चरण प्रवेश सम्भावना पनि देखिएको छ ।

गर या मरको स्थितीमा रहेको नेपालले दोस्रो खेलमा मलेसियालाई पराजित गरेको थियो । नेपाल २ खेलमा १ जित र १ हारका साथ अंक तालिकाको तेस्रो स्थानमा छ ।

अब नेपालको २ खेल बाँकी रहेको छ । अघिल्लो चारण प्रवेशका लागि नेपाललाई स्पष्ट जितको बिकल्प छैन ।

नेपाललाई बाँकी रहेको २ खेल जितेर मात्र अघिल्लो चरणको प्रवेश मिल्ने छैन । उसको नेट रनरेट समेत राम्रो हुनु पर्नेछ । प्रतियोगितामा सिंगापुर मात्र अविजित राष्ट्र हो ।

उसको २ खेलमा १ जित र खराब मौषमका कारण अंक बाँडेको थियो । सिंगापुर ३ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा छ ।

नेपाल जत्तिकै समान अंक भएपनि नेट रन रेटका आधारमा मलेसिया दोस्रो स्थानमा रहेको छ ।

नेपालले अब शीर्ष स्थानको सिंगापुर र अंक तालिकाको पुछारमा रहेको कुवेतसंग खेल्न बाँकी छ । नेपालले आउने खेलमा सिंगापुर र कुवेतलाई पराजित गर्दै राम्रो नेट रनरेट निकाल्न आवश्यक देखिन्छ ।

मलेसिया र सिंगापुर भन्दा नेपालको नेटरनरेट कम रहेको छ । जसको कारण नेपालले नेट रनरेटमा ध्यान दिन अति आवश्यक देखिएको छ ।

नेपालको ० दशमलब १२३ नेट रनरेट रहेको छ भने सिंगापुर को १ दशमलब ६५ र मलेसियाको ० दशमलब ०९१ रहेको छ । सोही कारण ग्लोबल छनोट पुग्ने नेपालको सम्भावना धेरै हदसम्म रनरेटले निर्धारण गर्ने देखिन्छ ।



शुक्रबार १०, साउन २०७६ ०२:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.