जेले आफूलाई महान खेलाडी बनायो उनैलाई कोहलीले भने बोरिङ

Yugnepal     838 पटक पढिएको    

जेले आफूलाई महान खेलाडी बनायो उनैलाई कोहलीले भने बोरिङ

 

काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान विराट अहिले आफ्नो निजी जीवनको काम पूरा गर्नमा व्यस्त छन् । डेढ महीनाको इंगल्याण्ड र वेल्समा विश्वकप खेलेपछि भारत फर्किएका उनी वेस्ट इन्डिज भ्रमणमा जानुभन्दा पहिला आफ्नो बचेका काम पूरा गर्ने दिशामा अघि बढेका हुन् ।

आफ्नो काममा व्यस्त भए पनि उनले आफ्नो अभ्यास र जिम जान भने छाड्दैनन् । त्यसैको कारण लामो समयदेखि उनी टेस्ट र एकदीवसीय क्रिकेटमा उत्कृष्ट ब्याट्सम्यानको रुपमा रहँदै आएका छन् ।

आफ्नो कन्सिस्टेन्सी ९स्थिरता०को कारण विश्वभर चिनिएका कोहलीले एक अन्तर्वार्ता कन्सिस्टेंसीको बोरिङ रहेको बताएका छन् । उनले लगातार कडा परिश्रम ग¥यो तर नतिजा सधैं एउटै हुनु बोरिङ हुने बताएका हुन् । स्थिरता र सफलता खासै ठूलो कुरा नभएको तर  आफूहरु सधैं प्रतिदिन स्थिरता ९कन्सिस्टेन्सी० बचाउने योजनामा अघि बढिरहेको बताएका छन् । यसले प्रत्येक खेलाडीलाई सीमित गरेर राख्ने कोहलीको भनाइ छ ।

यो अन्तर्वार्ताको क्रममा कोहलीले आफ्नो विश्वकपबारे आफ्नो केही अनुभव शेयर गरेका थिए । उनले ड्रेसिङ रुममा कसैलाई हप्काउने तथा तल्लो तहको देखाउने किसिमको काम गर्ने वातावरण नरहेको बताएका छन् । उनी पनि बाँकी खेलाडीहरुलाई लामो समयसम्म कसरी खेल्न सकिन्छ भन्ने विषयमा टिप्स दिने गरेका छन् ।



शुक्रबार १०, साउन २०७६ ०१:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.