जागिरबाट रिटायर्ड भएका हरुका लागि खुसीको खवरः संचय कोषले पनि सुरु गर्‍यो अनलाईन भुक्तानी सेवा

Yugnepal     824 पटक पढिएको    

जागिरबाट रिटायर्ड भएका हरुका लागि खुसीको खवरः संचय कोषले पनि सुरु गर्‍यो अनलाईन भुक्तानी सेवा

 

कर्मचारी सञ्चय कोषले कर्जा प्रवाहमा अनलाइन प्रणाली ल्याएको छ । कोषले बुधबारदेखि लागू हुने गरी सञ्चय कर्ताहरुलाई सहज कर्जा प्रवाहमा सहयोग पुग्ने गरी अनलाइन सिष्टम ‘इनभेष्टमेन्ट लोन म्यानेजमेन्ट सिष्टम’९ईएलएमसी० ल्याएको हो ।

अनलाइन ट्रान्जेक्सन ईएलएमसी कार्यान्वयनमा आएसँगै अब संचयकर्ताहरुले कर्जा माग गर्दा बैंक सम्म धाउन नपर्ने भएको छ । आफ्नै मोबाइलबाट अनलाइन मार्फत कोषसँग कर्जा माग गर्न सकिने र माग गरेको कर्जा सिधै आफ्नो एकाउण्टमा टान्सफर हुने भएको छ । यसबाट कर्जा मागमा लाग्ने शुल्क समेत घटेको छ । यस अघि कर्जा मागमा लाग्दै आएको ३० रुपैयाँ शुल्क अब अनलाइन प्रणाली आएपछि १० रुपैयाँ मात्र तिरे हुने भएको छ ।

अनलाइन ट्रान्जेक्सनको उद्घाटन गर्दै कोषले पहिलो पटक नेपाली सेनाका कर्मचारीलाई अनलाइन मार्फत कर्जा भूक्तानी गरेको छ । कोषले नेपाली सेनाका जवान सुरेश कुमार यादवलाई घर कर्जा वापत १६ लाख रुपैयाँ अनलाइबाटै भूक्तानी दिएको हो ।

कर्जा भूक्तानीबाट अनलाइन प्रणालीको सुरुवात गरेको र अब कोषको सबै खाले आर्थिक कारोबार तथा भूक्तानीमा अनलाइनमा लगिने कोषका प्रवन्ध निर्देशक तुलशी प्रसाद गौतमले बताए ।

‘संचय कोषमा बल्ल टेक्नोलोजी प्रयोगको शुरुवात भएको छ’, गौतमले भने, ‘कर्जा भुक्तानीबाट शुरु भएको यो प्रविधि अब विस्तारै कोषको सबै कारोबारमा लागू गरिने छ । त्यसका लागि कोषले तयारी गरिरहेको छ ।’

कोषले यसअघि संचयकर्तालाई चेकमार्फत कर्जा भूक्तानी दिँदैआएकोमा अब सिधै बैंक एकाउण्टमा रकम ट्रान्सफर गर्ने छ । कर्जाका लागि कोषको आधिकारी पेज जततउस्ररकष्तभ।भउालभउब।िअयm।लउर मा गएर फर्म भर्न सकिन्छ ।

गौतमका अनुसार यसै आर्थिक वर्षमा कोषले प्रविधि९आईटी० का लागि मात्र २५–२६ करोड बजेट छुट्याएको छ ।

पहिले हिमालय बैंक र एनएमबी बैंकबाट मात्र भूक्तानी दिइरहेको कोषले अब अनलाइन मार्फत संचय कर्ताको जुनकुनै बैंक खाताबाट रकम भूक्तानी दिने छ । हाल कोषले वार्षिक २ लाख ५० हजार संचय कर्ताहरुको रकम भूक्तानी गर्दै आएको छ । करिब ६ लाख कर्मचारी९संचय कर्ता० रहेको कोषमा करिब २ लाखको केवाईसी विवरण राखिसकेको र बाँकी ४ लाखको यसै आर्थिक वर्ष भित्र पूरा गरिने कोषले बताएको छ ।



बिहिबार ०९, साउन २०७६ ०४:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal